- परीक्षालाई व्यवस्थित एवम मर्यादित बनाउन मधेश प्रदेशका मुख्यमन्त्री सतीस कुमार सिंहले आठवटै जिल्लाका प्रमुख अधिकारीलगायत सरोकारवाला निकायलाई विभिन्न सल्लाह, सुझावका साथै निर्देशनसमेत दिएको छ ।
जनकपुर : चैत्र ७ गत्तेदेखि सुरु हुन लागेको एसईई परीक्षालाई व्यवस्थित गर्न मधेश प्रदेश सरकारले पहल सुरु गरेको छ ।
परीक्षालाई व्यवस्थित एवम मर्यादित बनाउन मधेश प्रदेशका मुख्यमन्त्री सतीस कुमार सिंहले आठवटै जिल्लाका प्रमुख अधिकारीलगायत सरोकारवाला निकायलाई विभिन्न सल्लाह, सुझावका साथै निर्देशनसमेत दिएको छ ।
सोमबार जनकपुरधाममा आयोजित माध्यमिक शिक्षा (एसईई) २०८१ संचालन तथा व्यवस्थापन सम्बन्धमा प्रदेश स्तरीय एक दिने अभिमुखिकरण कार्यक्रममा मुख्यमन्त्री सिंहले यसपालीको परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन सम्पूर्ण सरोकारवाला निकाय, सुरक्षा निकाय, विद्यार्थी र अभिभावकहरुलाई आग्रह गरेका छन् । उनले सुरक्षाको दृष्टिकोनले परीक्षा केन्द्रको मुल गेटमै सीसीटिभी क्यामेरा जडान गर्न प्रमुख जिल्लाअधिकारी र केन्द्राध्यक्षहरुलाई सुझाव दिएका छन् ।
कुनै विद्यार्थीले चोरी गरेको फेला परेको खण्डमा कक्षाकोठामा उपस्थित गार्डलाई कारबाही गर्न र कोही विद्यार्थीले मोबाइल परीक्षाकेन्द्रमा लगेमा उक्त मोबाई जफत गरी फिर्ता नदिईनेलगायतका नियम लागु गर्न मुख्यमन्त्री सिंहले सुझाव दिए ।
उनले प्रदेशमा सबैभन्दा राम्रो व्यवस्थापन र मर्यादित परीक्षा सञ्चालन गर्ने केन्द्राध्यक्षलाई प्रदेश सरकारले पुरस्कृत गर्ने घोषण पनि गरे । त्यसकालागि प्रदेश सरकारले विशेष टोली बनाई परीक्षाकेन्द्रहरुको अनुगमन गर्ने जानकारी दिए ।
कार्यक्रममा मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी तिवारीले विद्यार्थीहरुले परीक्षामा बढी अंक ल्याउनु भन्दा बुझेर पढ्न आवश्यक रहेकोमा जोड दिए ।
उनले विद्यार्थीहरुले चोरी गरेर बढी अंक प्राप्त गरेर आगामी दिनमा आफूलाई नै अझ बढि समस्यामा पार्ने बताए ।
कार्यक्रममा शिक्षा विकास निर्देशनालय, मधेश प्रदेशले दिएको जानकारी अनुसार यस वर्ष मधेश प्रदेशमा ८८,८५८ जना विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदैछन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
-
अब पार्टीभित्र फोहोर सभा गरेर अगाडी बढ्छौं- गगन थापा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’