‘फ्लोरा एक्स्पो’ चैत्र १ गतेदेखि, करोड बढीको कारोबार हुने
२०८१ फागुन २६ सोमबार
- फ्लोरा एक्स्पोमा व्यवसायीक स्टल तथा अफिसियलहरु सहित गरी जम्मा ८२ वटा स्टल रहने एशोसिएसनले जानकारी दिएको छ ।
काठमाडौं: फ्लोरिकल्चर एशोसिएसन नेपालले २६ औ संस्करणको पुष्प प्रदर्शनीको आयोजना गर्ने भएको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी एशोसिएसनले ‘स्वच्छ वातावरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ यहि चैत्र १ देखि ४ गतेसम्म २६ औं ‘फ्लोरा एक्स्पो’ काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने जानकार दिएको हो ।
फ्लोरा एक्स्पोमा व्यवसायीक स्टल तथा अफिसियलहरु सहित गरी जम्मा ८२ वटा स्टल रहने एशोसिएसनले जानकारी दिएको छ ।
एशोसिएसनका अनुसार मेलामा सहभागी भएका बिभिन्न पुष्प व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवाहरुको बिभिन्न विधाहरुमा (उत्कृष्ट स्टल, उत्कृष्ट ल्याण्डस्केपिङ्ग, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलंकारिक बिरुवा, उत्कृष्ट आलंकारिक फूल्ने बिरुवा, उत्कृष्ट पुष्प सजावट, उत्कृष्ट कट फ्लावर (गुलाब, जरबेरा र कार्नेशन) स्वच्छ प्रतिस्पर्धा गराइनेछ ।
प्रतिस्पर्धामा समावेश भएका पुष्पको विभिन्न विद्याहरुको मुल्याङ्कन बिषय विज्ञ प्राविधिकद्वारा हुनेछ । प्रतिस्पर्धामा प्रथम तथा उत्कृष्ट हुन सफल पुष्प व्यवसायीलाई मेला समुदघाटन समारोहको अवसरमा नगद, सिल्ड तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिनेछ ।
साथै सदा झंै यस बर्ष पनि विगत लामो समयदेखि निरन्तर रुपमा पुष्प व्यवसाय गरिरहेको नर्सरी व्यवसायीहरु मध्ये एक जनालाई छनौट गरि मेला समुदघाटन कै अवसरमा उक्त नर्सरीलाई कदर पत्रद्वारा सम्मान गरिने कार्यक्रम समेत रहेको आयोजले जनाएको छ ।
यस पुष्प मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपुर्तिकर्ता कम्पनीहरु, व्यवसायीहरु तथा विभिन्न संघ संस्थाहरुको सहभागिता रहने छ ।
पुष्प मेलामा मौसमी फूल, फूल फूल्ने तथा नफूल्ने आलंकारीक बोट बिरुवाहरु, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, थोपा सिचाई प्रविधी, आधुनिक पुष्प खेती प्रबिधी, जैबिक विषादी, बिभिन्न प्रकारका गमलाहरु, पुष्प सजावटका प्रदर्शनी तथा विक्री कक्ष रहने छन् ।
घर आँगन बगैंचा सजाउन, पुष्प व्यवसायबारे ज्ञान सिप हासिल गर्न चाहने व्यक्ति, संघ संस्थाहरुका लागि यस २६ औं फ्लोरा एक्स्पोले महत्वपूर्ण योगदान पु¥याउने एशोसिएसनले विश्वास लिएको छ ।
यस बर्ष एक्स्पोमा करिब ६० हजार अवलोकनकर्ता
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
-
नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’