देशभरका शिक्षक आन्दोलनमा, काठमाडौंमा बृहत प्रदर्शन

२०८१ फागुन २४ शनिवार
सारांश
  • नेपाल शिक्षक महासंघको नेतृत्वमा देशैभरका शिक्षकहरु काठमाडामौं केन्द्रित भई शिक्षा ऐन जारी गर्न दबाब दिन बृहत आन्दोलन सहित सुरु गरिएको छ ।

काठमाडौं: देशभरका शिक्षकहरु फेरि सडक आन्दोलनमा उत्रिएका छन । आज शनिवार शिक्षकहरुले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म बृहत प्रदर्शन गरेका हुन् ।


नेपाल शिक्षक महासंघको नेतृत्वमा देशैभरका शिक्षकहरु काठमाडामौं केन्द्रित भई शिक्षा ऐन जारी गर्न दबाब दिन बृहत आन्दोलन सहित सुरु गरिएको छ ।


उनीहरु माइतीघर मण्डलाबाट नारा जुलुस गर्दै नयाँ बानेश्वरसम्म पुगेका छन् । 
विगतका सबै सहमति सम्बोधन हुने विद्यालय शिक्षा ऐन जारी गर्न राज्यलाई बाध्य पार्न उनीहरुले आन्दोलन गरेका हुन् ।


महासंघले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । यसअघि २०८० मा सरकारसँग भएको सहमति अनुसार शिक्षा ऐन जारी हुनुपर्ने उनीहरुको माग छ ।


यता, आन्दोलनमा भेटिएका नेपाल टे«ड युनियन कांगे्रसका महासचिव अजय कुमार राई आफू भौतिक रुपमै आन्दोलनमा ऐक्यबद्धता जनाउन आएको बताउँदै पटक पटक सम्झौता भएका मुद्दाहरुलाई कार्यान्वयन नगर्नु भनेको राज्यको दृष्टिकोण  श्रमजीवि वर्गप्रति सकारात्मक नहुनु रहेको बताए ।


‘राजनीतिक दलहरु पनि श्रमजीवी वर्गप्रति अनुदार हुनुको कारण आज फेरी शिक्षक साथीहरु आन्दोलनको मैदानमा उत्रनु परेको हो । त्यसर्थ विद्यालय शिक्षा ऐन सरकारले यथाशिघ्र जारी गर्नु पर्दछ । भन्ने ट्रेड युनियन कांगे्रसको यही धारणा छ,’ उनले भने । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार