अहिले प्राप्त भएको सुख, सुविधा तथा विकासमा ज्येष्ठ नागरिकहरूको ठुलो भूमिका छ : उपप्रमुख डंगोल

२०८१ फागुन २२ विहिबार
सारांश
  • डङ्गोलले अहिले प्राप्त भएको सुख, सुविधा तथा विकासका लागि ज्येष्ठ नागरिकहरूको सक्रियताले ठुलो भूमिका खेलेको बताइन् । महानगरपालिकाले यस किसिमको सम्मान गरिरहने पनि डङ्गोलको भनाइ थियो ।

काठमाडौँ : काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल र वडाअध्यक्ष दलबहादुर कार्कीले ज्येष्ठ नागरिकलाई सम्मान गरेका छन् । उनीहरुले सम्मान पत्रमा (मायाको चिनो) र ररुद्राक्षको मालाले ज्येष्ठ नागरिकलाई सम्मान गरेका हुन् । काठमाडौं महानगरपालिकाको वडा नं. ३० ले ४३७ जना वरिष्ठ ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको हो ।


उक्त सम्मान गर्दै उपप्रमुख डंगोलले, वरिष्ठ ज्येष्ठ नागरिकको सक्रियताबाट आफूलाई पनि उत्प्रेरणा मिलेको बताइन् । उनले ज्येष्ठ नागरिकले आफ्नो उर्जाशील उमेरमा सामाजिक, आर्थिक, शैक्षिक, प्राविधिकलगायत विभिन्न क्षेत्रको विकासका लागि अनुकरणीय काम गरेको बताइन् । 


डङ्गोलले अहिले प्राप्त भएको सुख, सुविधा तथा विकासका लागि ज्येष्ठ नागरिकहरूको सक्रियताले ठुलो भूमिका खेलेको बताइन् । महानगरपालिकाले यस किसिमको सम्मान गरिरहने पनि डङ्गोलको भनाइ थियो ।


वडा नं. ३० का अध्यक्ष दलबहादुर कार्कीले सबै उमेर, वर्ग र समुदायलाई समान दृष्टिले व्यवहार गर्ने महानगरपालिकाको नीतिअनुरुप ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको बताए । ‘युवाहरुको व्यक्तित्व तथा नेतृत्व विकासका लागि ज्येष्ठ नागरिकबाट ज्ञान र सिप लिन आवश्यक छ, कार्कीको भनाइ थियो ।
३० नं. वडाका सचिव देवराज जोशीले ७५ वर्षमाथिकालाई सम्मान गरिएको र अब ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई तीर्थाटन गराउने योजना पनि रहेको बताए ।


ज्येष्ठ नागरिकहरुले, आफ्ना लागि सोच्ने सरकार रहेको महसुस भएको बताए । ज्येष्ठ नागरिकलाई सम्मान गर्नेले सबैलाई माया र सम्मान गर्ने ज्येष्ठ नागरिकहरुको भनाइ थियो ।
 

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार