संविधान कार्यान्वयन गर्न मानसिकता परिवर्तन हुनुपर्छ : रेखा शर्मा

२०८१ फागुन २२ विहिबार
सारांश
  • महिलाहरुलाई हिंसा गरिन्छ दाइजोको नाममा, अहिलेसम्म महिनावारी हुँदा छाउगोठमा बस्नुपर्छ भने अर्का तिरको चेतना हेर्दा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री महिला हुनुपर्छ भन्ने चेतना पनि छ ।

काठमाडौं : माओवादी केन्द्रकी नेतृ एवं पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा रहेको अधिकारहरु वास्तविक जीवनमा कार्यान्वयन नभएको बताएकी छन् । 


बिहीबार काठमाडौंमा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित अन्तरक्रियामा उनले संविधानले महिलाका लागि थुप्रै राजनीतिक अधिकारहरु रहेपनि त्यसको कार्यान्वयन नभएको भन्दै मानसिकता परिवर्तन गर्नुपर्ने बताएकी हुन् । 


उनले भनिन्, ‘महिलाहरुलाई हिंसा गरिन्छ दाइजोको नाममा, अहिलेसम्म महिनावारी हुँदा छाउगोठमा बस्नुपर्छ भने अर्का तिरको चेतना हेर्दा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री महिला हुनुपर्छ भन्ने चेतना पनि छ । कानून, संविधान सबै कुरामा राजनीतिक अधिकार लेखेर मात्र हुदैँन् रहेछ । समाज बदल्नुपर्ने रहेछ । समाजको मानसिकता परिवर्तन गर्नुपर्ने रहेछ । यो कुरामा सरकारको तर्फबाट त्यही खालको अभियानहरु चलाउने र प्रशासनिक क्षेत्रबाट त्यसलाई दृढतापूर्वक कार्यान्वयन गर्ने हो भने मात्र पाएका सबै अधिकारहरु प्रयोग गर्न सक्छौ ।’


यस्तै, उनले अहिलेको सरकार विस्तारै समावेशिताको अधिकारको विपक्षमा गइरहेको पनि बताइन् । 
उनले भनिन्, ‘अहिलेको सरकारको गतिविधि हेर्ने हो भने सरकार समावेशिताको अधिकारको विपक्षमा गइरहेको छ । संविधान संशोधनका कुराहरु आइरहेका छन्, प्रतिनिधि सभालाई पूर्ण प्रत्यक्ष बनाउने भन्ने कुरा आएको छ । एमाले र काङ्ग्रेसका नेताले बिगार्ने अनि राजनीतिक अस्थिरताको कारण उत्पीडित समुदायलाई न्याय गर्न सक्ने देखिदैन् ।’


यसका साथै, महिलाहरुको सहभागिता ३३ प्रतिशतबाट ५१ मा पु¥याउनको लागि पहिला ३३ प्रतिशत सफल हुनुपर्ने पनि उनको भनाई छ ।

 

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार