अमेरिकाले फिर्ता गरेका ९ नेपाली स्वदेश फिर्ता, मानव बेचबिखन ब्युरोमा लगाइयो जिम्मा

२०८१ फागुन २१ गते बुधवार
सारांश
  • स्वदेश फर्किएका उनीहरूलाई अध्यागमन कार्यालयले नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोको जिम्मा लगाइएको छ ।

काठमाडौं: अमेरिकामा गैरकानुनी रुपमा बसोबास गर्दै आएका ९ जना नेपाली स्वदेश आइपुगेका छन् । 

 

बुधबार अमेरिकाको न्यू ह्याम्पसरको पोट्र्समाउथबाट आएको गल्फ स्ट्रिमको जिआरपी–२३ जहाजले उनीहरुलाई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

 

स्वदेश फर्किएका उनीहरूलाई अध्यागमन कार्यालयले नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोको जिम्मा लगाइएको छ ।

 

नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुँवरले नेपाल न्यूज बैंकलाई जानकारी दिँदै अमेरिकाले फर्काइ दिएकाहरू मानव बेचबिखन तथा ओसारपसारका पीडित हुन् कि भनेर सोधपुछका लागि झिकाइएको बताए ।

 

उनले भने, ‘अमेरिकामा गैरकानुनी रुपमा बसोबास गर्दै आएका ९ जना हाम्रो सम्पर्कमा छन्, उहाँहरू कसरी त्यहाँ पुग्नुभयो, मानव बेचबिखन तथा ओसारपसारका भिक्टिम हो कि भन्ने ढंगले सामान्य सोधपुछ गर्नका लागि बोलाएका हौं ।’

 

राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासीप्रति कडा नीति अवलम्बन गर्दै गैरकानुनी आप्रवासीलाई स्वदेश फर्काइरहेका छन् । त्यसक्रममा यसअघि २७ नेपाली फिर्ता भएको अध्यागमन विभागले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार