- आज बिहान सप्तकोसी नगरपालिका वडा नम्बर– १ फत्तेपुरको इलाका वन कार्यालय नजिकैबाट बाघ गाउँ छिरेको हो ।
इटहरी : सप्तरीको फत्तेपुरमा बाघ गाउँ पसेपछि अहिले त्यस क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ । आज बिहान सप्तकोसी नगरपालिका वडा नम्बर– १ फत्तेपुरको इलाका वन कार्यालय नजिकैबाट बाघ गाउँ छिरेको हो ।
बाघले केही व्यक्तिलाई आक्रमण गरेको र नियन्त्रणमा लिने प्रयास गरे पनि अहिलेसम्म नसकेको सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिएका छन् ।
उनका अनुसार बाघलाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालय, इलाका वन कार्यालय फत्तेपुरको टोली, नेपाल प्रहरी, शसस्त्र प्रहरीका साथै नेपाली सेनाको टोली परिचालित भएको छ ।
कोशीटप्पु वन्यजन्तु आरक्षबाट गएको टोली भने फर्किएको छ । टोलीमाथि नै स्थानियले आक्रमणको प्रयास गरेकाले त्यहाँबाट फिर्ता भएको कार्यालयका सूचना अधिकारी मिथिलेस महतोले जानकारी दिए ।
‘हाम्रो क्षेत्रभित्र परेको अबस्था थिएर तर, नियन्त्रणका लागि टोली गएपनि त्यहाँबाट सहयोग प्राप्त भएन । मान्छे होहल्ला गर्ने र टोलीमाथी नै आक्रमण गर्ने अबस्था आएपछि टोली फर्किएको छ ।’ उनले भने ।
नजिकै रहेको बन क्षेत्रबाट पसेको बाघले आक्रमण गर्दा तीन जना घाइते समेत भएका छन् । घाइते हुनेमा स्थानीय रिजन गोसाई, गणेश खत्री, कृष्ण विष्ट घाइते भएका हुन् । घाइतेमध्ये कृष्ण विष्टलाई उपचारको लागि इटहरी ल्याइउको छ भने दुई जनाको स्थानीय स्वास्थ्य संस्थामै उपचार भइरहेको प्रजिअ दाहालले बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
‘संविधानको औचित्यमाथि नै प्रश्न छ’: राजसंस्थासहित राजनीतिक सहमतिको आह्वान
-
अर्थमन्त्री डा. वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए
-
करेन्ट लागेर हात्ती ‘रोनाल्डो’ को मृत्यु, शव परीक्षणपछि गाडियो
-
२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, १४४ जना घाइते
-
माथिल्लो त्रिशूली–१ आयोजनाको सुरुङबाट ११ शव निकालियो
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।