स्ववियु निर्वाचन केन्द्रीत नेविसंघ कास्कीको रणनीतिक प्रतिनिधि परिचालन
१३ फाल्गुन, २०८१, मगलवार
- नेपाल विद्यार्थी संघ कास्कीले त्रिभुवन विश्वविद्यालयअन्तर्गतका कलेजहरूमा स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) निर्वाचनको मिति तय भएपछि आफ्ना प्रतिनिधिहरू खटाएको छ।
पोखरा, १३ फागुन – नेपाल विद्यार्थी संघ कास्कीले त्रिभुवन विश्वविद्यालयअन्तर्गतका कलेजहरूमा स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) निर्वाचनको मिति तय भएपछि आफ्ना प्रतिनिधिहरू खटाएको छ।
नेविसंघ कास्कीका अध्यक्ष चुमन गुरुङका अनुसार, कलेजहरूमा रहेका समस्या, चुनौती तथा निर्वाचनको वातावरण बुझ्नका लागि प्रतिनिधिहरू परिचालन गरिएको हो। उनले विद्यार्थीहरूको हितमा काम गर्न नेविसंघ प्रतिवद्ध रहेको भन्दै, सबै विद्यार्थीहरूलाई स्ववियु निर्वाचनमा नेविसंघलाई पहिलो बनाउन अपिल गरेका छन्।
यस क्रममा उपसभापति बंशज खवास, प्रकाश गुरुङ र प्रकट खनालको नेतृत्वमा विभिन्न टोलीहरू गठन गरिएको छ। यी टोलीहरूले कलेजहरूमा विद्यार्थीहरूसँग संवाद गर्ने, उनीहरूको समस्या सुन्ने र निर्वाचनको तयारीबारे जानकारी लिने जिम्मेवारी पाएका छन्।
नेविसंघ कास्कीले त्रिवि अन्तर्गतका सम्पूर्ण कलेजहरूमा आफ्ना कार्यकर्ताहरू परिचालन गर्दै निष्पक्ष र पारदर्शी निर्वाचन सुनिश्चित गर्न जोड दिएको छ। साथै, नेविसंघमा आस्था राख्ने सम्पूर्ण विद्यार्थीहरूलाई आगामी स्ववियु निर्वाचनमा सक्रिय सहभागिता जनाइ संगठनलाई मजबुत बनाउने अपिलसमेत गरिएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
-
आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।