विद्युत् चुहावट गरेको आरोपमा सात पक्राउ

९ फाल्गुन, २०८१, शुक्रवार
सारांश
  • नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखाको विद्युत् चुहावट नियन्त्रण टोलीले पक्राउ गरेको हो ।

रौतहट: विद्युत् चुहावट गरेको आरोपमा रौतहटको विभिन्न स्थानबाट सात जना पक्राउ परेका छन । नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखाको विद्युत् चुहावट नियन्त्रण टोलीले पक्राउ गरेको हो ।


नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र चन्द्रनिगापुरका प्रमुख धीरेन्द्र यादवका अनुसार  वृन्दावन र चन्द्रपुर नगरपालिकाका विभिन्न स्थानमा मिटरको शील तोडेर, हुकिङ तथा तारमा सिधैं हुकिङ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।


उनीहरूलाई नियमअनुसार जरिवाना तिराएर चेतावनी दिइ रिहा गरिने उनले जानकारी दिए । विद्युत चुहावटले आर्थिक क्षति हुनुका साथै आगलागी र दुर्घटनाको जोखिम पनि बढाउने भएकाले यसलाई कडाइका साथ नियन्त्रण गरिने उनले बताए । 


नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा गाउँ गाउँमा विद्युत् चुहावट नियन्त्रण अभियान थलिएको नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुरले जनाएको छ । वितरण केन्द्रले आगामी दिनमा पनि विद्युत चुहावट रोक्न अभियानलाई अझै तीव्रता दिने बताएको छ । उक्त शाखामा अहिले ३२ हजार ८ सय  भन्दा बढी ग्राहक रहेका छन ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार