ज्ञानलाई सीपमा बदल्न र प्रयोग गर्न सक्नुपर्ने

२०८१ फागुन २ गते शुक्रवार
सारांश
  • शुक्रबार हिन्दू स्वयंसेवक संघ नेपालले सञ्चालन गरेको स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षामा बोल्दै उनले ज्ञानलाई सीपमा बदल्नु र प्रयोग गर्न सक्नुपर्ने बताएका हुन् ।

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले शिक्षा भनेको ज्ञान लिनु मात्र नभएको बताएका छन् ।  


शुक्रबार हिन्दू स्वयंसेवक संघ नेपालले सञ्चालन गरेको स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षामा बोल्दै उनले ज्ञानलाई सीपमा बदल्नु र प्रयोग गर्न सक्नुपर्ने बताएका हुन् । 


उनले भने, ‘शिक्षा भनेको ज्ञान लिनु मात्र होइन । पाएको ज्ञानलाई सीपमा बदल्नु र प्रयोग गर्न सक्ने हुनुपर्छ । हामीले जानेका कुरालाई व्यवहारमा परिवर्तन गर्न सक्दैनौ तवसम्म पढाईको महत्व हँुदैन ।’


उनले संस्कृति ज्ञान केन्द्रको परीक्षाले ज्ञानलाई सीपमा बदल्ने, सीपलाई व्यवहारमा बदल्ने र त्यो व्यवहारलाई अझै राम्रो कसरी बनाउन सकिन्छ भनेर सकरात्मक दृष्टिकोण राख्न सन्देश दिने बताए । 


उनले हिन्दुत्व भनेको जीवन कसरी जिउने भन्ने दृष्टिकोण रहेको बताए । 


उनले भने,‘हिन्दुत्व भनेको जीवन कसरी जिउने, समाजलाई हेर्ने भन्ने हो । आज विश्व एकै ठाउँमा छ । हिजो विश्वसँग जोडिन गाह्रो थियो तर आज मोबाइलबाट सजिलै जोडिएका छौ ।’ 


उनले आफ्नो जीवनलाई अगाडि लैजान आफंैलाई चिन्न सक्नुपर्ने पनि बताए ।    

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार