कर नीतिको समस्याबारे उदारता अपनाउन तयार छौं : पोखरेल
२०८१ फागुन २ गते शुक्रवार
- ‘नेपालका लागि आइसीटीमा आधारित उद्यमशिलता ःआर्थिक सृद्धिको नयाँ बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले कानूनको अभावले उत्पन्न भएको अफ्ठयारो र कस्तो कानून आवश्यक हो त्यसबारे सबैलाई किटान गरिदिने हो भने सुधारका लागि प्रक्रिया अघि बढाउने बताएका हुन् ।
काठमाडौं : नेकपा(एमाले)का महासचिव शंखर पोखरेलले आवश्यक्ता अनुसारको कानुन निर्माणका लागि सुझवसहित अघि बढ्ने बताएका छन् ।
‘नेपालका लागि आइसीटीमा आधारित उद्यमशिलता ःआर्थिक सृद्धिको नयाँ बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले कानूनको अभावले उत्पन्न भएको अफ्ठयारो र कस्तो कानून आवश्यक हो त्यसबारे सबैलाई किटान गरिदिने हो भने सुधारका लागि प्रक्रिया अघि बढाउने बताएका हुन् ।
उनले भने, ‘विद्यमान कानूनले परेको अफ्ठयारो, कानूनको अभावले उत्पन्न भएको अफ्ठयारो सबैलाई किटान गरेर दिनुभयो भने सुधारका लागि प्रक्रिया अघि बढाउछौ । भएको कानूनले विकासमा के समस्या पारेको छ र कस्तो प्रकारको नयाँ कानूनको आवश्यकता परेको छ त्यस विषयमा छलफल गरेर सुझाव दिने हो भने त्यसको आधारमा कानून सुधारको प्रक्रिया अगाडि बढाइने छ ।’
यसको साथै, उनले करको नीतिले समस्या गरेको भन्ने कुरा धेरै उठेको भन्दै यसबारे सरकारको तर्फबाट गर्न सक्ने विषयमा छलफल गरेर सुझाव दिन आग्रह गरेको छ ।
उनले भने, ‘करको नीतिले धेरै समस्या गरेको छ भन्ने कुरा धेरै उठेको छ । यसमा सरकारको तर्फबाट प्रोत्साहन के हुनसक्छ भन्ने विषयमा छलफल गरेर कतिसम्म उदारता अपनाउन सकिन्छ र प्रोत्साहनको लागि के गर्न सकिन्छ दुईवटा विषयमा ध्यान दिनुपर्यो ।’
सोही क्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नयाँ प्रविधिको विकासबाट क्षेत्रलाई अझ सुधार गर्न सकिने भन्दै त्यसको लागि पुँजी र प्रविधिलाई विशेष महत्वका साथ उठाएको बताए ।
उनले भने, ‘नयाँ प्रविधिको विकासबाट यो क्षेत्रलाई अझ सुधार गर्न सकिने कुरामा पनि पुँजी र प्रविधिलाई विशेष महत्वका साथ उठाएका छौ । प्रविधिलाई आत्मसाथ गर्न सकेनौ भने आजको उद्योगको पनि विकास सम्भव छैन् । पछिल्लो समय अहिलेको कानून सुधारमा सबैभन्दा बढि उद्योग मन्त्रालयसँग सम्बन्ध कानून निर्माण भएका छन् । सेवा प्रवाह, लगानीको रुपमा र प्रविधिको विकासको कुरा सरकारले प्राथमिकतामा राखेको छ ।’
आजका नविनतम र रचनात्मक समथ्र्यमा लगानी गर्न हिचकिचाउने अवस्था अझै पनि रहेको भन्दै सरकारले विभिन्न फोरम र नीतिमा यस्ता क्षेत्रलाई समावेश गराउनु पर्ने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।