भ्रमण वर्ष घोषणाको मुखमा पोखरामा सर्वत्र फोहोरको थुप्रो

२०८१ माघ २९ गते मंगलवार
सारांश
  • ६ महिनाको लागि भन्दै पोखरा बाच्छेबुडुवाबाट पोखरा ३० लामेआहालमा सारिएको ल्याण्डफिल साइट साढे दुई वर्षदेखि उतै छ ।

पोखरा । पर्यटकीय राजधानी पोखरालाई पोखरा भ्रमण वर्ष २०२५ घोषणा गर्न चार दिन बाँकी छ । तर महानगरका जनप्रतिनिधिहरुको अदुरदर्शी नेतृत्वकाकारण यति बेला पोखराका घर , चोक, गल्लीहरुमा फोहोरको थुप्रो देखिएका छन् ।


६ महिनाको लागि भन्दै पोखरा बाच्छेबुडुवाबाट पोखरा ३० लामेआहालमा सारिएको ल्याण्डफिल साइट साढे दुई वर्षदेखि उतै छ । मेयर धनराज आचार्यले ‘टिकट काटेर हेर्न लायक गन्तव्य’ बनाउने भनेका फोहोर प्रशोधन केन्द्र अहिलेसम्म निर्माण भएको छैन ।


लामे आहालमा फोहोर फाल्ने दोस्रो सम्झौता माघ २३ देखि सकिएको छ । दोश्रो पटक गरिएको सम्झौता सकिंदा पनि पोखरा महानगरले ल्याण्डफिल साइट अन्यत्र सारे तर्फ ध्यान नदिए पछि लामे आहालमा फिहिर फाल्न स्थानीय बासिन्दाहरुले रोकिदिएका छन् । त्यसैले विगत पांच दिनदेखि पोखराका सडक , गल्ली , घर–चोकमा फोहोरका थुप्रोहरू थुप्रिएका छन् ।


पोखरा ३३ पुँडीटारको झाँक्रीखोलामा प्रशोधन केन्द्र निर्माण गर्ने गरी महानगरले तयारी थालेको थियो । तर स्थानीय जग्गाधनीले मालपोत र चलनचल्तीको भाउ भन्दा बढी मूल्य गरेपछि महानगर पछि हटेको पोख्जरा महानगर पालिकाको कार्यालयका प्रबक्ता कृष्ण प्रसाद तिवारीले जानकारी दिए । त्यहाँका १७ जना जग्गाधनीको ९३ रोपनी जग्गा अधिग्रहणको लागि रोक्का राखिएको छ ।


भाउ नमिलेपछि अधिग्रहण हुन नसकेको हो । २०८० मंसिर १७ गते बसेको सार्वजनिक निजी साझेदारी समितिको बैठकबाट टेरासल्व रिन्यूयवललाई प्रशोधन केन्द्र सञ्चालन गर्ने गरी छनोट गरिएको थियो । २ वर्षअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि उद्घाटन अघि बाच्छेबुडुवाको ल्याण्डफिल साइट लामे आहाल सारिएको हो ।


पोखरामा दैनिक १५० देखि २०० टन फोहोर उत्सर्जन हुन्छ । ती फोहोर ल्याण्डफिल साइट पु¥याउन ८ वटा कम्पनीलाई जिम्मा दिइएको छ । उनीहरूले दैनिक तालिका बनाएर फोहोर संकलन गर्छन् । उनीहरूलाई ३ वर्षको २ करोड ४८ लाख रुपैयाँ लिने गरी ठेक्का दिइएको हो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार