शान्ति प्रक्रियाको बाँकी काममा तरबार झुण्डाइरहने प्रबृत्ति हाबी भयो: नाराणकाजी श्रेष्ठ

२०८१ माघ २८ गते सोमवार
सारांश
  • ‘संविधानको रक्षा, शान्ति प्रक्रियाको पूर्णता र सामाजिक आर्थिक रुपान्तरण अहिलेको मुख्य कार्यभार हो ।

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नाराणकाजी श्रेष्ठले संविधानको रक्षा, शान्ति प्रक्रियाको पूर्णता र सामाजिक आर्थिक रुपान्तरण अहिलेको मुख्य कार्यभार भएको बताएका छन् । 


नेकपा (माओवादी केन्द्र) दिक्तेल रुपाकोट मझुवागढी नगर समितिको दोस्रो ऐतिहासिक नगर सम्मेलनको उदघाटन कार्यक्रममा बोल्दै उनले शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नुपर्ने भएपनि उक्त काम पूरा नगरेर तरबार झुण्डाइरहने काम भएको टिप्पणी गरेका हुन् ।


उनले भने,‘संविधानको रक्षा, शान्ति प्रक्रियाको पूर्णता र सामाजिक आर्थिक रुपान्तरण अहिलेको मुख्य कार्यभार हो । सामाजिक आर्थिक रुपान्तरणको कार्यभार पूरा गर्नुपर्ने छ त्यो काम माओवादी केन्द्रले मात्र पूरा गर्न सक्छ । हामी चाहन्छौं यो कार्यभार हाम्रो पार्टीले पूरा गर्नुपर्छ । पार्टीले यो कार्यभार पूरा गर्न सकेन भने अरु कुनै पनि पार्टीले गर्न सक्दैन ।’


साथै उनले राजनीतिक सहमतिको आधारमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका पदाधिकारी सिफारिस समिति गठन गर्न सरकारसँग माग गरेका छन् ।
द्वन्द्वपीडितले अझै पनि न्यायको अनुभूति गर्न नसकेको भन्दै शान्ति प्रक्रिया छिटो टुंगो लगाउन माग गरेका हुन् ।


उनले भने, ‘संविधानको रक्षा, शान्ति प्रक्रियाको पूर्णता र सामाजिक आर्थिक रुपान्तरण अहिलेको मुख्य कार्यभार हो । छिटो राजनीतिक सहमतिको आधारमा जिम्मेवारी सिफारिस कमिटी गठन गरियोस् । त्यसको सिफारिसको आधारमा सरकारले शान्तिप्रक्रियाको काम पूरा गरोस् ।’
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार