देशमा फेरी एउटा ठूलो आन्दोलनको आवश्यक महशुस भएको छ : अध्यक्ष प्रचण्ड

२०८१ माघ २७ गते आईतवार
सारांश
  • अहिलेको सरकारले प्रदेशलाई अधिकार दिन पनि नमान्ने र स्थानीय तहलाई बलियो बनाउन पनि नमान्ने भन्दै अर्को विद्रोह आवश्यक भएकै हो त ? भन्ने प्रश्न आउन थालेको बताए ।

काठमाडौं :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब देशमा फेरी एउटा ठूलो आन्दोलन आवश्यक भएको महशुस भएको बताएका छन् । 


आइतबार संविधान संशोधनको विषयमा संविधान निगरानी समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अहिलेको सरकारले प्रदेशलाई अधिकार दिन पनि नमान्ने र स्थानीय तहलाई बलियो बनाउन पनि नमान्ने भन्दै अर्को विद्रोह आवश्यक भएकै हो त ? भन्ने प्रश्न आउन थालेको बताए । 


उनले भने,‘मैले कहिलेकाहीँ के सोच्ने गरेको छु भने नेपालमा फेरी एउटा ठूलो आन्दोलन आवश्यक भएको हो कि क्या हो भन्ने मलाई सुद्ध लाग्न थाल्यो भनेपछि । किनकी कसैले भनेको नमान्ने । प्रदेशलाई अधिकार दिन पनि नमान्ने, स्थानीय तहलाई बलियो बनाउनपनि नमान्ने भनेपछि त के देशले फेरी अर्को आन्दोलन खोजेको हो त?जनतामा फेरी अर्को असन्तुष्टि बढेको बढ्यौं छ । निराशा बढेको बढ्यौं छ । अर्को विद्रोह आवश्यक भएकै हो त ? भन्ने प्रश्न अब विस्तारै मानिसहरुको मनमा यो आउँदैछ । अहिले म त्यो निष्कर्षमा पुगे भन्ने होईन त्यो अर्थ नलागोस्, तर जनतामा देखिएको निराशा, युवामा देखिएको फ्रस्टेशनले त्यो सबै हेर्दा र नेतृत्व हेर्दा यो सरकार पनि संविधानसंवत नै छैन ।’ 


उनले वर्तमान सरकार संविधान मिचेर राष्ट्रपतिलाई जर्बजस्ति दबाव दिएर बनेको सरकार भएको आरोप लगाए । सरकारले संविधानलाई कर्नरमा पार्न खोजेको पनि उनको आरोप छ । 


उनले भने,‘यो संविधान मिचेर बनेको सरकार हो यो । राष्ट्रपतिलाई जर्बजस्ति दबाव दिएर बनेको सरकार हो यो भन्ने आरोप छ मेरो । लोकतान्त्रिक पनि छैन ।त्यसैले लोकतन्त्रको मर्म विपरित पनि आएको छ यो । यसले संविधानलाई कहिँ न कहिँ कर्नरमा पार्न खोजेको छ ।’

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार