महोत्तरीको माइस्थान नजिक यात्रुबाहक बस दुर्घटना, ३० जना घाइते

२०८१ माघ २७ गते आईतवार
सारांश
  • बस महोत्तरीको माइस्थानबाट तीन किलोमिटर पश्चिमतिरको जंगलमा अनियन्त्रित भई दुर्घटना भएको हो ।


महोत्तरी :  महोत्तरीमा यात्रुबाहक बस दुर्घटनामा हुँदा ३० जना घाइते भएका छन् । जनकपुरबाट बरथहवाका लागि छुटेको ना ५ ख २८५१ नम्बरको बस दुर्घटनामा परेको महोत्तरी प्रहरीले जनाएको छ ।


बस महोत्तरीको माइस्थानबाट तीन किलोमिटर पश्चिमतिरको जंगलमा अनियन्त्रित भई दुर्घटना भएको हो ।


बसमा सवार ४० जना यात्रुमध्ये ६ जनाको अवस्था मध्यम रहेको छ भने बाँकी सामान्य घाइते भएका छन् । 


घाइतेहरुको बर्दिवासमा उपचार भइरहेको छ भने पक्राउ परेका चालकलाई अनुसन्धानका लागि प्रहरीले हिरासतमा राखेको महोत्तरी प्रहरीले जनाएको छ ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार