सत्तामा बसेर ओलीले आफ्नो स्वार्थ पूरा गरिरहेका छन् : माधव नेपाल
२०८१ माघ २६ गते शनिवार
- शनिबार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) प्रथम उपत्यका प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले ओली देश चलाउनका लागि र जनताको समस्या समाधानका गर्नका लागि नभइ सत्तालाई आफ्नो स्वार्थमा प्रयोग गर्न केन्द्रित भएको बताएका हुन् ।
काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली मुलुकप्रति गम्भीर नभएको बताएका छन् ।
शनिबार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) प्रथम उपत्यका प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले ओली देश चलाउनका लागि र जनताको समस्या समाधानका गर्नका लागि नभइ सत्तालाई आफ्नो स्वार्थमा प्रयोग गर्न केन्द्रित भएको बताएका हुन् ।
उनले भने, ‘वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली मुलुक सञ्चालनल गर्ने कुरामा गम्भीर हुनुहुन्न । जनताको समस्या समाधानका गर्नका लागि जिम्मेवार हुनुभएको छैन् । सत्तालाई आफ्नो स्वार्थमा प्रयोग गर्ने कुरामा केन्द्रित भएर लाग्नुभएको छ । जसका कारण मुलुकको भविष्य संकटमा पर्ने संभावना देखिन्छ ।’
साथै उनले कांग्रेस र एमालेलाई संख्याको मात लागेको भए छिमेकी देश बंगलादेश र श्रीलंका सम्झिन आग्रह गरे । उनले संख्याको मात लाग्यो भने, यसको दुरुपयोग गर्न थाल्योभने त्यसको प्रतिकार गर्न जनता सडकमै उत्रिने बताए ।
उनले भने, ‘अहिले उहाँले नयाँ भाष्य ल्याउनु भयो नेपालमा दुईवटा ठूला पार्टी मात्रै छन् भन्ने बुझाइरहनु भएको छ । दुई दलीय व्यवस्था नेपालमा स्थापित गर्नुपर्छ भन्ने ओलीको सोच छ, बहुदलीय होइन । संविधान संशोधन गरेर बहुदलीय नभइ दुई दलीय शासन प्रणाली स्थापित गर्न खोज्नु भएको हो कि ? हामी त्यो पर्खेर बसिरहेका छौं,’ अगाडि भने,‘उहाँहरुलाई संख्याको मात लागेको छ भने छिमेकी देशहरु सम्झिनुस् । चाहे बंगलादेश होस्, चाहे श्रीलंका होस्, त्यसले पाठ त सिकाइसकेको छ । संख्याले मात्र केही पनि हुँदैन, त्यो संख्याको मात लाग्यो भने यसको दुरुपयोग गर्न थाल्नुभयो भने त्यसको प्रतिकार गर्न जनता उत्रिने छन् । जनता भन्दा शक्तिशाली कोहीपनि हुँदैन ।’
यसैगरी उनले पदमा बस्नको लागि धेरै आतुर हुने, तर पदीय जिम्मेवारी पूरा नगर्ने प्रवित्ति बढेको बताए । उनले जनतामा नयाँ आशा, भरोसा र विश्वास दिलाउन सक्नुपर्ने औंल्याए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।