नेपाली समाजले आवश्यकता अनुसार प्रगति गर्न सकेन् : श्रेष्ठ

२०८१ माघ २६ गते शनिवार
सारांश
  • पाल्पाको तेस्रो नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले केहीपनि भएको छैन् भन्ने होईन, निश्चित रुपमा प्रगती भएपनि जति हुनुपर्ने त्यति नभएको बताए ।

पाल्पा : नेकपा माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सामाजिक, आर्थिक रुपान्तरणको क्षेत्रमा नेपाली समाजले आवश्यकता अनुसारको काम गर्न नसकेको बताएका छन् । 


शनिबार माओवादी केन्द्र तानसेन नगर समिति, पाल्पाको तेस्रो नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले केहीपनि भएको छैन् भन्ने होईन, निश्चित रुपमा प्रगती भएपनि जति हुनुपर्ने त्यति नभएको बताए । 


उनले भने, ‘सामाजिक, आर्थिक रुपान्तरणको क्षेत्रमा, विकास र समृद्धिको क्षेत्रमा, जति फड्को मार्नुपर्ने हो त्यति नेपाली समाजले मार्न सकेको छैन् । केही पनि भएको छैन् भन्ने होईन, निश्चित रुपमा प्रगती भएका छन्, सुधार भएका छन् । तर यति धेरै राजनीतिक परिवर्तन भयो, हजार सहिदको बलिदानको मूल्यमा र जनताको यति ठूलो संघर्षको परिणाम स्वरुप ठूलो राजनीतिक परिवर्तन भयो, राजनीतिक परिवर्तनले दिएको अधिकारहरु उपभोग गर्न त पायौं, तर जति हुनुपर्ने भएको छैन् ।’


यसको साथै, उनले देश र जनताको पक्षमा काम गर्न, सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई अगाडि बढाउन र समाजवादको आधार तयार पार्न सरकार र सदनमा भूमिका खेल्ने बताए । 


उनले भने, ‘हामी सरारमा जान चाहन्छौ, देश र जनताको पक्षमा काम गर्न, सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई अगाडि बढाउन र समाजवादको आधार तयार पार्न र हामी सदनमा पनि यसैको लागि भूमिका खेल्न चाहन्छौ । हामी सबै ठाँउमा देश र जनताको पक्षमा काम गर्नको लागि जान चाहन्छौं । जनतासँगै जोडिएर जागरण अभियान, जनदबाब र जनसंघर्ष पनि अगाडि बढाउन चाहन्छौ ।’

 

 

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार