‘बुक फ्रि फ्राइडे’ र सिपमा आधारित शिक्षाबीच तालमेल हुनुपर्छ : अध्यक्ष शर्मा
- काठमाडौंको तेस्रो महानगर अधिवेशनलाई सम्बोधन गर्दै उनले पाठ्यक्रमले परिकल्पना गरेको उपलब्धी र महानगरले अहिले ल्याएको शिक्षाबीचको तालमेल मिलेन भने विद्यार्थीले केही उपलब्धी हासिल गर्न नसक्ने बताए ।
काठमाडौं : काठमाडौं जिल्ला नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष डिल्ली प्रसाद शर्माले पाठ्यक्रमले परिकल्पना गरेको सिकाई र महानगरले अहिले ल्याएको सिपमा आधारित शिक्षाबीच राम्रो सहकार्य हुनुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय शिक्षक संगठन महानगर समिति काठमाडौंको तेस्रो महानगर अधिवेशनलाई सम्बोधन गर्दै उनले पाठ्यक्रमले परिकल्पना गरेको उपलब्धी र महानगरले अहिले ल्याएको शिक्षाबीचको तालमेल मिलेन भने विद्यार्थीले केही उपलब्धी हासिल गर्न नसक्ने बताए ।
उनले भने, ‘पाठ्यक्रमले परिकल्पना गरेको सिकाई उपलब्धी र महानगरले अहिले ल्याएको बुक फ्रि फ्राइडे र सिपमा आधारित शिक्षाबीचको तालमेल मिलेन भने पाठ्यक्रम एकातिर परिकल्पना हुन्छ, महानगरका कार्यक्रम अर्को तिर चल्छ । यसले विद्यार्थीलाई सिकाई उपलब्धी दिन सक्दैँन् । यो हाम्रो लागि चुनौती हुन्छ ।’
यसको साथै, उनले महानगरपालिकाको शैक्षिक क्षेत्रमा काम गर्ने स्टेक होल्डरहरु शिक्षकहरु भएको हुनाले शिक्षकहरुको टिम बनाएर भ्रमण र अनुभव आदानप्रदानका कार्यक्रमहरु राख्न सक्यौं भने शिक्षामा सुधार गर्न सकिने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
-
अब पार्टीभित्र फोहोर सभा गरेर अगाडी बढ्छौं- गगन थापा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’