विष्णुमति पुल पूर्ण रुपमा निर्माण पछि पनि बन्द हुँदा एक खालको रमिता नै भयो : प्रकाश ज्वाला

२०८१ माघ २५ शुक्रबार
सारांश
  • अवलोकन गर्दै उनले विष्णुमति मोटरेबल पूलमा देखिएका समस्या समाधान गर्न भौतिक पूर्वाधार समिति तयार रहेको बताएका छन् । उनले राजधानीको मुटुमा रहेको विष्णुमति पुल पूर्ण रुपमा बन्दा पनि बन्द हुँदा एक खालको रमिता नै भएको बताए।

काठमाडौैं :   पूर्व  भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले विष्णुमति  मोटरेबल पुलको अवलोकन गरेका छन् । शुक्रबार कालिमाटी र टेकु जोड्ने उक्त पुलको ज्वालाले अवलोकन गरेका हुन् । 


अवलोकन  गर्दै उनले विष्णुमति  मोटरेबल पूलमा देखिएका समस्या समाधान गर्न भौतिक पूर्वाधार समिति तयार रहेको बताएका छन् । उनले राजधानीको मुटुमा रहेको विष्णुमति पुल पूर्ण रुपमा बन्दा पनि बन्द हुँदा एक खालको रमिता नै भएको बताए। 


उनले भने, ‘राजधानीको मुटुमा कालिमाटी र टेकु जोड्ने र अत्यन्त धेरै ट्राफिक  चल्ने ठाउँ हो । त्यस्तो ठाउँमा चाँही पुल बनेको छ , तर पुल चाँही बन्द छ । यस्तो  हुँदा एक खालको रमिता नै भयो । त्यसैकारण कुनै कानूनी अड्चन, कुनै प्रक्रियागत बाधा, कुनै अरु अप्ठ्याराहरु छन् भने त्यो फुकाउन भौतिक पूर्वाधार समिति उपसमितिको सिफारिसमा फुकाउन तयार छ ।’


साथै  उनले  यो  पुललाई सञ्चालनमा ल्याउन हरेक निकायहरुसँग छलफल गर्नुपर्ने बताए । उनले यो  पुलको  बारेमा छोटो  रिर्पोट तयार पारेर समितिमा प्रस्तुत गरिने समेत बताए ।

 

 

 

 

 

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार