- ढकालले ‘लता मंगेशकर लव इन मेमोरी’ शीर्षकमा कार्यक्रमको आयोजना गरी श्रद्धाञ्जली व्यक्त गरे ।
काठमाडौं : चर्चित नेपाली गायक रामकृष्ण ढकालले भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको तेस्रो वार्षिक पुण्य तिथिको अवसर पारेर काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेका छन् ।
ढकालले ‘लता मंगेशकर लव इन मेमोरी’ शीर्षकमा कार्यक्रमको आयोजना गरी श्रद्धाञ्जली व्यक्त गरे ।
कार्यक्रममा सुनिल हरिजन, साहिल महर्जन, सुष्मा राजभण्डारी, मदन श्रेष्ठ, रमेश कुँवर, सुजन वीर बज्राचार्य, विनोद गिरी लगायतका पेन्टिङ आर्टिष्टहरूले मंगेशकरको प्रत्यक्ष चित्र बनाएका थिए । कार्यक्रममा मंगेशकरप्रति शोक व्यक्त गर्दै एक मिनेट मौन धारण गरिएको थियो भने गायक ढकाल तथा सङ्गीतकर्मीहरूले लता मंगेशकरको तस्बिरमा माल्यार्पण गरे ।
कार्यक्रममा यसअघि ढकाल र मंगेशकरको युगल गायनमा रहेको बहुचर्चित गीत ‘बाचुञ्जेलीलाई’को लताको एकल स्वरमा सार्वजनिक गरियो । सो अवसरमा गायक ढकालले यो गीत रेकर्ड गर्दाको अनुभव सुनाएका थिए ।
‘नेपाली गीत सङ्गीतलाई प्रतिनिधित्व गर्दै मैले लतासँग गाउन पाउनु मेरो लागि सौभाग्य हो । यसमा मलाई सहकार्य गर्ने वरिष्ठ गीतकार आनन्द अधिकारी र चर्चित सङ्गीतकार शिखर सन्तोष, सङ्गीत संयोजक किरण कँडेल, छायाकार स्व. विदुर पाण्डे तथा निर्देशक भूषण दाहाललगायतको टिमप्रति आभारी छु,’ढकालले बताए ।
यो गीत नेपाली सङ्गीत क्षेत्रको लागि नै उपहार र अमूल्य निधि भएको जनाउँदै ढकालले लताको आवाजमा रेकर्ड भएको अन्तिम गीत पनि यही नै भएकोले झनै महत्त्वपूर्ण रहेको बताए । ढकालले अन्तिम गीतको रूपमा यसलाई एकल स्वरमा सार्वजनिक गर्नुको अर्थ संसारभर रहेका लताका समर्थकको लागि विशेष उपहार रहेको जिकिर गरे ।
कार्यक्रममा गायक ढकालका अभिभावक गोपाल कर्माचार्य, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, वरिष्ठ गीतकार राजेन्द्र थापा, नेपाल साङ्गीतिक सङ्घका अध्यक्ष मिलन मोक्तान, व्यवसायी रुद्र शर्मा, वरिष्ठ सङ्गीतकार राजु सिंह, वरिष्ठ अभिनेता कृष्ण मल्ल लगायतको उपस्थिति थियो ।
यो गीत लताले गाएको तेस्रो गीत हो । लताले नेपालका तत्कालीन राजा महेन्द्र वीर विक्रम शाहको गीत ‘आकाशका तिरमिरे तारा, म गन्न सक्दिन’ पहिलो नेपाली गीतको रूपमा गाएकी थिइन् भने दोस्रो गीत ‘माइतीघर’ चलचित्रको लागि ‘तिमीलाई शुभकामना’ शीर्षकमा गाएकी थिइन् ।
आज भन्दा तीन वर्ष अगाडि २०२२ को फेब्रुअरी ६ का दिन लता मंगेशकरको निधन भएको थियो । मंगेशकरले सन् १९४२ देखि गायन करियर सुरु गरेकी थिइन् भने उनले ७५ वर्षको समयावधिमा विभिन्न १४ भाषामा ५० हजार भन्दा धेरै गीतमा स्वर दिएकी थिइन् । उनको पहिलो गीत ‘नाचू या गाडे, खेलु सारी मनि हौस भारी’ हो, जुन मराठी चलचित्रको लागि थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।