- यस विषयमा जेरीले लोकदोहोरी क्षेत्रमा संघर्ष गरेर आफू चिनिन पनि सफल भएको र अहिले फरक क्षेत्रमा आएकाले आम मानिसमा चासो र बहस हुनु स्वाभाविक भएको बताइन् ।
काठमाडौँ : गायिकाको पहिचान बनाएकी बबिता बानियाँ (जेरी)ले
कथा वाचन गर्ने श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ मङ्गलबार सुरु भएको छ । यद्पि उनले कथा वाचन गर्न लागेको विषयमा सरोकारवालाले पक्ष विपक्षमा टीकाटिप्पणी गरिरहेका छन् ।
यस विषयमा जेरीले लोकदोहोरी क्षेत्रमा संघर्ष गरेर आफू चिनिन पनि सफल भएको र अहिले फरक क्षेत्रमा आएकाले आम मानिसमा चासो र बहस हुनु स्वाभाविक भएको बताइन् ।
‘मैले संगीत क्षेत्रमा संघर्ष गरेर पहिचान पनि पाएको हुनाले पनि अहिले गर्न लागेको नयाँ काममा धेरैले चासो र चिन्ता गर्नुभएको रुपमा बुझेको छु’, उनले भनिन्, ‘यो खास कर्कमाण्ड भन्दा पनि श्रीमतभागवको अध्ययन गरेर मैले एउटा बाचिकाका रुपमा संगीतसहितको प्रवचन गर्न लागेको हो।’
उनले आफूले कुनै अनुष्ठान गर्न नलागेको उनले बताइन् । ‘किनभने सहभागी महायज्ञमा अनुष्ठानमा चाहिँ वैदिक ब्राह्मणहरू छन् । वाचन र संगीतमय कथा प्रवचनको पाटो मेरो हो ।’
उनले आफ्नो विरोध गर्नेहरूले कमजोरी औँल्याइएको भन्दै त्यसलाई सुधारेर अघि बढ्ने र कार्यक्रम सफल बनाएकै छाड्ने बताइन् ।
राजधानीको नागार्जुन नगरपालिका १ रानीवनस्थित महादेव मन्दिर परिसरमा जेरीको वाचन हुने महायज्ञ मंगलबारदेखि सुरु भएको हो । पहिलो दिन कलश यात्राका साथै औपचारिक कार्यक्रम भएको जेरीले बताइन् । कथा बाचनको संगीतमय प्रवचन बुधबारदेखि सुरु हुने जेरीले बताइन् । ‘यो अवधिभर वाचन मैलेमात्र गर्छु । बेलाबेला अतिथि गुरुहरु पनि आउनुहुन्छ’, उनले भनिन् । जेरीले आफूलाई कथा बाचकको रुपमा योगमाया सखीको रुपमा चिनाउन खोजेकी छन् ।
वैदिक सनातन धर्मको सम्वद्र्धन तथा नागभुषण महादेव मन्दिर परिसरको सर्वाङ्गीण भौतिक विकासका लागि महायज्ञ गरिएको आयोजकको भनाइ छ ।
श्री नागभूषण मन्दिर संरक्षण तथा सामुदायिक संस्था तथा श्रीमद्भागवत सेवा कुञ्ज नेपाल आयोजक रहेको उक्त सप्ताह माघ ३० गतेसम्म जारी रहने सांस्कृतिक संयोजक बालचन्द्र बरालले जानकारी दिए ।
महायज्ञमा ५ हजारदेखि माथिका दाताहरूको नाम, २५ हजार भन्दा माथिका दाताहरूको सम्पत्तिको नाम र ५० हजारभन्दा माथिका दाताहरूको तीन पुस्तेको नामसहित मन्दिरमा अभिलेखीकरण गरिने आयोजकको भनाइ छ ।
जोरीले करिब डेढ दशकको दोहोरी गायक यात्राका क्रममा निकै चर्चा कमाएकी थिइन् । अहिले भने उनी अध्यात्मतिर ढल्किएकी हुन् । भागवतको दशकसम्म स्वअध्ययन र डेढ वर्ष नेपाल र भारतमा समेत अध्ययन गरेपछि आफू पहिलो पटक कथा वाचनमा जुटेको उनको भनाइ छ । ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।