ललितपुरको टुङ्गन खोलामा गरियो पुल उद्घाटन

२०८१ माघ २३ गते बुधवार
सारांश
  • पुल उद्घाटन गर्दै संघीय सांसद् उदय शम्शेर राणाले प्रदेश सरकारमा योजना पुगेपछि रोकिएको भन्दै नयाँ नेतृत्व आएपछि पुलको काम सम्पन्न भएको बताए ।

काठमाडौं :  ललितपुरको महाङ्काल गाउँपालिका वडा नं ५ टुङ्गन खोलामाथि बनेको पुल उद्घाटन गरिएको छ । उक्त पुल उद्घाटन गर्दै संघीय सांसद् उदय शम्शेर राणाले प्रदेश सरकारमा योजना पुगेपछि रोकिएको भन्दै नयाँ नेतृत्व आएपछि पुलको काम सम्पन्न भएको बताए । 


उनले भने, ‘धेरै पहिले नै हामी सबै राजनीतिक दलका राजनीतिक कर्मीहरु मिलेर पुल निमार्णमा लाग्यौं । संघीय सरकार मार्फत हामीले काम सुरु गरेका थियौं, तर प्रदेशमा गएपछि तीन बर्षसम्म काम रोकियो । फेरी देशमा नयाँ नेतृत्व आएपछि पुलको काम सम्पन्न भयो । त्यसको दुई महिना पछि बाढि आयो । यो पुल नबनेको भए चन्दनपुर बजार बाकी रहदैनथ्यो।’


उनले ललितपुर, रौतहट वैकल्पित राजमार्गको रुपमा काम भैइरहेको पनि बताए । यस्तै महाङ्काल गाउपालिकाका अध्यक्ष गणेश बहादुर केसीले गाउँपालिकामा  धेरै ठुला ठुला खोलाहरु भएको तर पुल कतै नभएको बताए । 


उनले भने,‘यहाँ दुर्लुङ खोला, टुङ्गन खोलासहित धेरै ठुला ठुला खोलाहरु छन् । यी खोलाहरुमा कहिँकतै पुल छैन, यहाँ एउटा पुल बन्यो तर बाढिले पुलसँगै झण्डै ज्यानै लग्यो।’   
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार