आज तीन संसदीय समितिको बैठक बस्दै

२०८१ माघ २२ गते मंगलबार
सारांश
  • जसअन्र्तगत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिनको १ बजे बस्दै छ । बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।

काठमाडौं:  मंगलबार तीन वटा संसदीय समितिकोे बैठक बस्दै छ । 


जसअन्र्तगत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक  दिनको १ बजे बस्दै छ । बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । 


यस्तै, विधायन व्यवस्थापन समितिको ४२ औँ बैठक पनि आज बस्दै छ । बैठक दिनको साढे १२ बजे सिंहदरवारमा बस्दै छ । नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुने बैठको कार्यसुचि रहेको  छ ।  


यसैगरी सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २६१ औँ बैठक बिहानको ११ बजे बस्दै छ । बैठकमा राष्‍िट्रय निकुञ्‍जहरुसँग सम्बन्धित नीतिगत समस्याहरुको सम्बन्धमा प्रदेश सरकारका वनसँग सम्बन्धित माननीय मन्त्रीहरुसँग छलफल गरिनेछ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार