नेपाल टेलिकमको प्रभाव घटेजस्तो लाग्यो, व्यवस्थित गर्न जरुरी: मन्त्री गुरुङ

२०८१ माघ २२ गते मंगलवार
सारांश
  • उनले नेपाल टेलिकमको इतिहास राम्रो नै भएपनि अहिले प्रतिस्पर्धाको समयमासंस्थाको प्रभाव घटेको पनि बताए ।

काठमाडौं: सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल टेलिकमको सुधारको लागि समिति गठन भएर काम अगाडि बढेको बताएका छन् । 


मंगलबार काठमाडौंमा नेपाल टेलिकमको २१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले टेलिकमलाई सुधार र व्यवस्थित गर्नको लागि समिति बनाएको भन्दै समितिले उठाएका मुद्दालाई सम्बोधन गरेर नेपाल दूर सञ्चारहरुलाई व्यवस्थित गर्ने बताए ।  
उनले भने, ‘नेपाल टेलिकमको सुधारमा देखिएका समस्या, कर्मचारीको अवस्था ऐन, कानूनबाट के समस्या भएको छ र कसरी व्यवस्थित गर्ने भनेर एउटा समिति बनाएका छौ । त्यसको प्रतिवेदन आइसकेको छैन् । समितिले देखाएको कुराहरुको सम्बोधन गरेर नेपाल दूर सञ्चारहरुलाई व्यवस्थित गर्ने काम यो वर्ष गर्छौ ।’


यसको साथै, उनले नेपाल टेलिकमको इतिहास राम्रो नै भएपनि अहिले प्रतिस्पर्धाको समयमासंस्थाको प्रभाव घटेको पनि बताए । 


उनले भने, ‘संस्थाको जुन खालको गौरवशाली इतिहास छ र अहिले पनि राम्रो काम गरिरहेको छ । तर चुनौतीहरु धेरै बढिरहेका छन् । प्रतिस्पर्धा धेरै छ । त्यसकारण संस्थाको प्रभाव घटेको जस्तो देखिन्छ । उचित व्यवस्थापन गर्न नसकेको हुनाले हो की, कर्मचारी व्यवस्थापन राम्रो तरिकाले गर्न नसकेर हो की अथवा ऐन, कानूनले रोकेर हो, के कारणले हो । त्यसमा समिक्षा गर्नुपर्ने अवस्था आएको छ । अहिले नै यो बारेमा सही निर्णय गर्न सकेनौ भने पछि पछुताउनुपर्छ ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार