विश्व क्यान्सर दिवस मनाइँदै, नेपालमा सस्तो मूल्यमा उपचार
२०८१ माघ २२ गते मंगलबार
- क्यान्सर लाग्दैमा डराउनु नपर्ने भन्दै समयमा पहिचान भएमा यसको उपचारमार्फत निर्मूल हुने चिकित्सकहरू बताउँछन् ।
काठमाडौ : नेपालमा ‘पृथकतामा एकता: क्यान्सर भोगाइका कथाहरू’ नाराका साथ आज(मंगलबार) विश्व क्यान्सर दिवस मनाइँदैछ । हरेक बर्ष आजको दिन अर्थात् फेब्रुअरी ४ मा विश्वव्यापीरुपमा दिवस मनाउने गरिन्छ ।
क्यान्सर लाग्दैमा डराउनु नपर्ने भन्दै समयमा पहिचान भएमा यसको उपचारमार्फत निर्मूल हुने चिकित्सकहरू बताउँछन् ।
भक्तपुर क्यान्सर अस्पतालका अनुसार नेपालमा ९५ प्रतिशत क्यान्सरको उपचार हुने एवम यसको उपचारमा नेपाल विश्वको तुलना सस्तो मानिन्छ । सरकारी अस्पतालमा ४० देखि ५० हजारसम्ममा र निजी अस्पतालमा पाँच लाख रुपैयाँसम्ममा क्यान्सरको शल्यक्रिया हुने गरेको अस्पतालले जनाएको छ ।
चिकित्सकहरूका अनुसार क्यान्सर हाम्रो शरीरको कोष वा कोषिकाहरुको समूहमा अस्वभाविक वृद्धि नै क्यान्सर रोग हो । जसलाई एक किसिमको गिर्खा वा ट्युमर भनिन्छ । यो ट्युमर शरीरको जुन भागमा आएको हो त्यहाँबाट अन्य भागमा फैलिँदै जान्छ । यही घातक ट्युमरलाई क्यान्सर भनिन्छ ।
क्यान्सरका कारक तत्वहरुमा धुम्रपान, मद्यपान तथा सुर्तीजन्य पदार्थको सेवन, जीवाणु तथा बिषाणुका कारण, वंशाणुगत कारण, विकिरणको प्रभाव, अस्वस्थकर आहार, वातावरणीय प्रदूषण हो ।
क्यान्सरबाट बच्नको लागी धुम्रपान, मद्यपान तथा कुनै पनि सुर्तीजन्य पदार्थको सेवन नगर्ने, सन्तुलित भोजन गर्ने, शारीरिक व्यायाम नियमित गर्ने, नियमित स्वास्थ्य परीक्षण गराए क्यान्सरबाट बच्न सकिन चिकित्सकहरू बताउछन् ।
नेपालमा फोक्सो, पाठेघर, मुख, स्तन, पेट र आन्द्राको क्यान्सरका कारण सयौको मृत्यु हुने गरेको पाइन्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’