परिवर्तनको गतिसँग अघि बढ्न नसके नेपाल धेरै पछि पर्ने छ : प्रदीप ज्ञवाली
२०८१ माघ २० गते आईतवार
- नेकपा एमाले रामेछापले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै ज्ञवालीले परिवर्तनको गतिसँग अघि बढ्न नसके नेपाल र नेपाली धेरै पछि पर्ने बताएका हुन्।
काठमाडौं : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले विगतका २० वर्षमा विश्वमा धेरै परिवर्तन भएको बताएका छन् ।
नेकपा एमाले रामेछापले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै ज्ञवालीले परिवर्तनको गतिसँग अघि बढ्न नसके नेपाल र नेपाली धेरै पछि पर्ने बताएका हुन्।
‘हामीले आफूलाई अपडेट गरेनौँ भने ह्याङ हुन्छौँ, समाज बुझेनौँ भने समाजका समस्या बुझ्दैनौँ र समाज परिवर्तन गर्न सक्दैनौँ’, उनले भने ।
नेकपा एमालेमा विभिन्न पार्टी र विचार बोकेका नेता कार्यकर्ता आएको बताउँदै ज्ञवालीले एमालेमा आएपछि भने सबैको बुझाइमा एकरूपता आवश्यक रहेको बताए । त्यसको लागि पार्टीले निरन्तर प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको ज्ञवालीले जानकारी दिए ।
नेपालमा अधिकार प्राप्तिको लडाइँ सकिएकोले अबको लडाइँ आर्थिक समृद्धिको लडाई भएको ज्ञवालीले बताए । अधिकारको लडाई लडेका नेपाली राजनीतिक दल अब समृद्धिको बाटोमा अघि बढ्नुपर्ने उनको धारणा छ । ‘अब यसको लागि हामीले नयाँ सोच आवश्यक छ, अब हामीलाई समृद्धिको स्किल आवश्यक छ’, उनले भने।
अहिले सामाजिक सञ्जाल मार्फत सूचना भन्दा बढी मिस इन्फरमेसन र डिस इन्फरमेशन आइरहेका बताउँदै ज्ञवालीले यसले समाजलाई नै दिग्भ्रमित गराउने गरेको बताए ।
‘धेरै मानिसहरू भ्रामक समाचारबाट प्रभावित भएका छन्, यसबाट जोगिन हरेक विषयको गहन अध्ययन आवश्यक छ, अहिले पढ्ने बानी एकदमै कमजोर भएर गएको छ’, ज्ञवालीले भने ।
विचार कमजोर हुँदा व्यक्ति र समाज जता हावा चल्यो त्यतै लाग्ने उनको धारणा छ । यस्ता समस्याको समाधान भनेको वैचारिक रूपमा स्पष्ट हुन आवश्यक रहेको बताए ।
दृष्टिकोण सही हुँदा मात्र सही दिशामा अघि बढ्न सकिने उनले बताए । अहिले विचार र दृष्टिकोण नभएकाहरू समाज बनाउँछौँ भनेर आएको उनको भनाइ छ । ‘के चाहिँ राम्रो हो भन्ने कुरा थाहा पाउन पनि दृष्टिकोण चाहिन्छ, दृष्टिकोण नै नभए पछि राम्रो नराम्रो छुट्याउन सकिँदैन’, उनले भने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
विश्वकपमा मेसी, एम्बाप्पे र हालाण्ड चम्किदा रोनाल्डो चुके !
-
मेस्सीको जादुमयी ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित
-
मस्कको न्युरालिंकलाई पछि पार्दै चीनमा मस्तिष्क चिप ‘निओ’ लाई व्यावसायिक अनुमति
-
सिंहदरबार भित्रको सेन्ट्रल क्यान्टिनमा कुहिएको अण्डा र घुन लागेको दाल, दुई लाख जरिवाना
-
एप्पलको सिरी एआईको नयाँ रूप सार्वजनिक, टिम कुकको बिदाइ
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।