- चौथो चन्द्रपुर महोत्सव यहि फाल्गुन ७ गतेदेखि १७ गतेसम्म चन्द्रपुर नगर क्षेत्रमा हुने चन्द्रपुर उद्योग बाणिज्य संघका अध्यक्ष उदय नारायण सापकोटाले बताए ।
रौतहट : रौतहटको चन्द्रपुर नगर क्षेत्रमा चौथो चन्द्रपुर महोत्सव २०८१ हुने भएको छ ।
मधेस प्रदेश सरकार उद्योग बाणिज्य तथा पर्यटन मन्त्रालय जनकपुरको मुख्य सहयोगमा र नेपाल पर्यटन बोर्डको प्रवर्धकमा र नेपाल उद्योग बाणिज्य महासंघको सह आयोजना तथा चन्द्रपुर उद्योग बाणिज्य संघको आयोजनामा हुने भएको हो ।
चौथो चन्द्रपुर महोत्सव यहि फाल्गुन ७ गतेदेखि १७ गतेसम्म चन्द्रपुर नगर क्षेत्रमा हुने चन्द्रपुर उद्योग बाणिज्य संघका अध्यक्ष उदय नारायण सापकोटाले बताए ।
उनका अनुसार लामो समयपछी चन्द्रपुरमा महोत्सव हुन लागेको हो । उक्त महोत्सवको मुख्य नारा कृषि पर्यटन उद्योग ब्यापार , समृद्धिको मुख्य आधार तय भएको उनले जानकारी दिए । प्रादेशिक औधोगिक मेलाको रूपमा चन्द्रपुर महोत्सव रहने आयोजक संघका अध्यक्ष सापकोटाले बताए ।
महोत्सवमा कृषि, पर्यटन , उद्योग , ब्यापारका स्टल समेत रहने उनको भनाइ छ । अहिले सचिवालय स्थापना गरी स्टल बुकिङ लगायतको काम भैइरहेको उनले उल्लेख गरेका छन् ।
महोत्सवमा ख्याति प्राप्त कलाकारहरुले मनोरञ्जन दिने आयोजक संस्था चन्द्रपुर उद्योग बाणिज्य संघले जनाएको छ ।
संघका अनुसार फाल्गुन ९ गते गिनिज बुकमा रेकर्ड दर्ज गराउन सफल चर्चित जादुगर बलराम सरकार,१० गते चर्चित गायिका रचना रिमाल ,१३ गते चर्चित गायिका÷ब्याटल प्रीति आले , १३ र १४ गते गायिका तथा कुशल कार्यक्रम प्रस्तोता मञ्जु पौडेल, १६ गते गायक दुर्गेश थापा र मोडल तथा नृत्यांगना रचना शिवाकोटीको प्रस्तुति रहनेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।