कार्य गर्ने पद्धतिमा तालमेल नहुँदा सोचेजस्तो काम हुन सकेन् : मन्त्री अधिकारी
२०८१ माघ २० गते आईतवार
- आइतबार नापी कार्यालय चावहीलको नव निर्मित भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले काम गर्ने सिस्टममा तालमेल नमिल्दा चाहेजस्तो कामहरु हुन नसकेको बताएका हुन् ।
काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आवश्यक्ताहरु असिमित भएकाले कार्य गर्ने पद्धतिमा तालमेलको अभाव रहेको बताएका छन् ।
आइतबार नापी कार्यालय चावहीलको नव निर्मित भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले काम गर्ने सिस्टममा तालमेल नमिल्दा चाहेजस्तो कामहरु हुन नसकेको बताएका हुन् ।
उनले भने, ‘हामीलाई असिमित आवश्यक्ताहरुको जरुरत छ । आवश्यक्ताहरु एकथरी छन् । हामीले गर्ने कार्यशैली, कार्य पद्धति, सिस्टम अलि भिन्न छ । तालमेलको अभाव छ । जसले कामहरुमा चाहे अनुसारको हुन सकिरहेको छैन । छिटो छरितो काम नभएको जस्ता कुरीतिहरु देखा परेका छन् । सबै कुरा मिलाउने र समाधान गर्ने अरु बाहिरको कोही आएर गर्दैन तपाईं हामीले नै गर्नुपर्ने हो ।’
साथै उनले व्यक्तिगत स्वार्थका कारण कसैले काम गर्न नहुने बताए । उनले नापी कार्यालयका कर्मचारीहरुलाई जनताको हित विपरित र जनतालाई अफ्ठयारो पार्ने गरी काम नगर्न आग्रह गरे ।
उनले भने, ‘काम हुँदै हुँदैन भन्ने गुनासो धेरै सुन्नमा आएको छ । कर्मचारीहरुलाई मेरो के आग्रह छ भने नियम र विधिबाहेक कसैलाई दबाव दिने काम नगर्नुहोला । जनताको हित विपरित र जनतालाई अप्ठ्यारो पार्ने गरि काम नगर्न म आग्रह समेत गर्दछु ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
विश्वकपमा मेसी, एम्बाप्पे र हालाण्ड चम्किदा रोनाल्डो चुके !
-
मेस्सीको जादुमयी ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित
-
मस्कको न्युरालिंकलाई पछि पार्दै चीनमा मस्तिष्क चिप ‘निओ’ लाई व्यावसायिक अनुमति
-
सिंहदरबार भित्रको सेन्ट्रल क्यान्टिनमा कुहिएको अण्डा र घुन लागेको दाल, दुई लाख जरिवाना
-
एप्पलको सिरी एआईको नयाँ रूप सार्वजनिक, टिम कुकको बिदाइ
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।