समयानुकुल सहकारीमैत्री ऐन, नियमहरु बनाउनका लागि अध्यादेश आवश्यक
२०८१ माघ १९ गते शनिबार
- सहकारी आन्दोलनमा गुणात्मक सुधार हुँदा समग्र अर्थतन्त्रमा नै सकारात्मक परिवर्तन हुने कुरामा मेरो पूर्ण विश्वास छ ।’
काठमाडौं: नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले सरकारले समायानुकुल सहकारीमैत्री ऐन, नियमहरुको व्यवस्था गर्नुपर्ने आवश्यकता महशुस गरेर नयाँ अध्यादेश ल्याएको बताएका छन् ।
शनिबार नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालयमा भएको ‘नेपाली काङ्ग्रेस र सहकारी’ विषयक एक दिने विचार गोष्ठी कार्यक्रममा उनले सहकारीकै कारण गरिबी निवारण र सशक्तिकरण हुने भन्दै यसको लागि आवश्यक अध्यादेश ल्याएको बताए ।
उनले भने, ‘सहकारीकै कारण गरिबी निवारण, सशक्तिकरण, लोकतान्त्रिक समाजवादको स्थापना हुन्छ भन्ने कुरालाई ध्यानमा राखेर यसका लागि सरकारले समयानुकुल सहकारीमैत्री ऐन, नियमहरुको व्यवस्था गर्नुपर्ने आवश्यकतालाई महशुस गरेर नयाँ अध्यादेश ल्याएको छ । सहकारी आन्दोलनमा गुणात्मक सुधार हुँदा समग्र अर्थतन्त्रमा नै सकारात्मक परिवर्तन हुने कुरामा मेरो पूर्ण विश्वास छ ।’
यसको साथै, उनले संघीय लोकतान्त्रिक, गणतन्त्रात्मक नेपालको संविधानको प्रस्तावनामा नै अर्थतन्त्रका तीन आधार सरकारी, नीजि र सहकारी रहेको हुनाले सहकारी क्षेत्रको औचित्य र महत्व अझ स्पष्ट भएको बताए ।
नेपाली काङ्ग्रेसले सहकारीको मर्म र भावना अनुसार गरिब किसान, श्रमिक र समाजका विभिन्न वर्गको जीवनस्तर उकास्न सहकारी आन्दोलनलाई आम नागरिक समक्ष पु¥याउन अभियानको रुपमा विस्तार गर्न लागेको पनि उनको भनाई छ ।
उनले नेपाली काङ्ग्रेस सहकारी विभागले सातै प्रदेशमा सहकारी समस्या, चुनौती र समस्या समाधानका लागि विभिन्न काम गरेको भन्दै खुशी व्यक्त गरेका छन् । कार्यक्रममा केन्द्रीय सदस्य एवम सहकारी विभागका प्रमुख देवेन्द्रराज कडेंलले सहकारी क्षेत्रमा विश्वसनीयता जोगाउन सबैले भूमिका निर्वाह गर्नुपर्ने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’