१८ जनाले ज्यान गुमाइसकेको कुसुन्तीमा नमूना पुल निर्माण गरिने

२०८१ माघ १९ गते शनिबार
सारांश
  • फोहोर न्युनिकरणका लागि सबैजना दत्तचित्तका साथ लाग्नुपर्ने बताए ।

काठमाडौं: ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले कुसुन्तीमा अपाङगतामैत्री पुलको निर्माण गर्ने बताएका छन् ।  


ललितपुर चक्रपथ महानगर सफाइ अभियानको छैठौ वार्षिकोत्सब समारोहमा बोल्दै उनले मुलुककै नमूना पुलको रुपमा अपाङगतामैत्री पुलको निर्माणको काम भइरहेको बताए । 


उनले भने, ‘कुसुन्तीमा मुलुककै नमुना पुलको रुपमा अपाङगतामैत्री पुलको निर्माण गर्दै छौं । त्यो ठाउँलाई हामीले दुर्घटनाजन्य स्थान भनेका छौ । उक्त क्षेत्रमा अहिलेसम्म १८ जना व्यक्तिहरुले अकालमा मृत्युवरण गरिसकेका छन् । सो ठाउँमा अब उपरान्त एक जना मान्छेको पनि मृत्यु नहोस, एकजना पनि घाइते नहोस् भन्ने उद्देश्यले अपाङगतामैत्री पुल बनाउन गइहेका छौं । त्यो पुलमा ह्वील चियरमा बसेर पुलको पारी निस्कन सक्नेगरी दुबैतर्फ लिफ्ट राखेर आवतजावत गर्नेगरी पुल निर्माण तीनचार महिनामा सकिन्छ । त्यसपछि पनि अर्काे पुलको परिकल्पना गरेका छौं । डिजाइन निर्माण गरिसकेका छौ तर सरकारको अनुमति लिने प्रक्रियामा छौं ।’


यस्तै, उक्त कार्यक्रममा समाजसेवी राजबहादुर राईले सरसफाई अभियानलाई अझै अग्रसर बनाउने बताए । फोहोर न्युनिकरणका लागि सबैजना दत्तचित्तका साथ लाग्नुपर्ने बताए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार