‘दुई तिहाइ छ भन्दैमा जे मन लाग्यो त्यही गर्न पाइन्छ ?’

२०८१ माघ १८ गते शुक्रबार
सारांश
  • शुक्रबार प्रतिनिधिसभाको बैठकमा उनले दुई तिहाई छ भनेर पटक पटक भनिरहँदा जे मन लाग्यो त्यही गर्नलाई दुई तिहाई बनेको हो भन्दै प्रश्न गरे । उनले दुई तिहाईको घमण्ड नगर्न आग्रह गरेका हुन् ।

काठमाडौं : नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले दुई तिहाईको घमण्ड नगर्न सरकारलाई आग्रह गरेका छन् । 


शुक्रबार प्रतिनिधिसभाको बैठकमा उनले दुई तिहाई छ भनेर पटक पटक भनिरहँदा जे मन लाग्यो त्यही गर्नलाई दुई तिहाई बनेको हो भन्दै प्रश्न गरे । उनले दुई तिहाईको घमण्ड नगर्न आग्रह गरेका हुन् ।


उनले भने, ‘अध्यादेश ल्याउने अहिलेको जुन ट्रेन्ड छ, यो ट्रेन्डले सांसदहरूलाई पार्टीभित्रै पनि बाध्यकारी अवस्था सिर्जना गरेर यो अध्यादेश पारित गर्नुपर्छ, अर्को उपाय छैन, यसमा खेल्ने ठाउँ छैन, यसमा छलफल गर्ने ठाउँ छैन भन्ने ढंगले जाने स्थिति देखिन्छ, अध्यादेशको ट्रेन्ड नै त्यही हो । दुई दल मिलेपछि दुई तिहाई छ भनेर पटक पटक भनिरहँदा जे मन लाग्यो त्यही गरे भइहाल्यो नि त भन्ने भयो । जे मन लाग्छ त्यही गर्नु त्यही गर्नलाई दुई तिहाई हो ?’


यसको साथै, उनले ६ महिनाको बीचमा केही काम राम्रोसँग देखाउन सकिएन, अब अध्यादेशबाट ढोका खोल्यौँ भन्नको लागि अध्यादेश ल्याएको बताए । 


अधिवेशन सुरु हुने केही दिनभित्रै जानी जानी हतार हतारमा अध्यादेशको बाढी ल्याएको आरोप पनि लगाएका छन् ।

 

 

 

 

 

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार