अष्टेलियामा व्यापार सहजिकरणका लागि चेम्बरद्धारा प्रतिनिधि चयन

२०८१ माघ १८ गते शुक्रबार
सारांश
  • चेम्बर अफ कमर्स सल्लाहकार परिषद्का अध्यक्ष राजेशकाजी श्रेष्ठले एनआरएन आईसीसी अनररी काउन्सील सदस्य एवं व्यवसायी संजिव शर्मालाई चेम्बर अनररी रिप्रेजेन्टेटिभ्सको प्रमाणपत्र हस्ताक्षर गरेका हुन् ।

काठमाडौं:   नेपाल चेम्बर अफ कमर्सले अष्टे«लियामा व्यापार सहजिकरणका लागि प्रतिनिधि चयन गरेको छ । 


चेम्बर अफ कमर्स सल्लाहकार परिषद्का अध्यक्ष राजेशकाजी श्रेष्ठले एनआरएन आईसीसी अनररी काउन्सील सदस्य एवं व्यवसायी संजिव शर्मालाई चेम्बर अनररी रिप्रेजेन्टेटिभ्सको प्रमाणपत्र हस्ताक्षर गरेका हुन् । 


अष्टे«लियामा आयोजित विशेष कार्यक्रममा सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठले अनररी रिप्रेजेन्टेटिभ्सको प्रमाणपत्र सहित आगामी कार्यकालकालागि बधाई एवं शुभकामना दिएका छन् । 


नेपाल र अष्टे«लियाबीच व्यपार प्रर्वद्धन, पर्यटन एवं लगानीबारे सहकार्य गर्न शार्मालाई अनररी रिप्रेजेन्टेटिभ्सका रुपमा चयन गरिएको चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । 
अष्टे«लियामा नेपालीहरुको बसोबास उल्लेख्य रहेको र व्यापारिक दृष्टिकोणले पनि महत्व राख्ने भएकाले व्यापार सहजीकरणका लागि प्रतिनिधी चयन गरिएको सल्लाहकार परिषद्का अध्यक्ष श्रेष्ठले बताए । 


उनले भने, ‘नेपालबाट अष्टे«लियामा निर्यातको राम्रो सम्भावना देखिएको छ, चालु आर्थिक वर्षमा मात्रै ८४ करोड रुपैयाँ बराबरको निर्यात भएको छ, घरेलु तथा हस्तकलाका सामाग्री, कार्पेट, पास्ता लगायतका सामाग्री निर्यातका लागि अष्टे«लिया राम्रो बजार छ ।’


यस्तै अष्टे«लियामा रहेका गैरआवासीय नेपालीहरुलाई स्वदेशमा लगानी भित्र्याउन पनि सल्लाहकार परिषदका अध्यक्ष श्रेष्ठले आग्रह गरे । 


चेम्बरका अनररी रिप्रेजेन्टेटिभ्स शर्माले नेपालमा लगानी भित्र्याउन एवं व्यापार सहजीकरणका लागि आफुले पहल गर्ने प्रतिवद्धता जनाए । 


नेपालमा व्यापार सहजीकरण मार्फत निर्यात प्रर्वद्धन गर्न आफले पहल गर्ने शर्माले बताए ।  
नेपाल चेम्बर अफ कमर्सले विभिन्न मुलुकमा व्यापार सहजीकरण, एवं निर्यात प्रर्वद्धनका लागि प्रतिनिधी चयन गर्दै आएको छ ।

 

 

 

 

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार