- बिहीबार नेपाल चेम्बर एक्सपो २०२५ को उदघाटन कार्यक्रममा बोल्दै उनले आइटी क्षेत्रमा नेपाल पछाडि परेको र यस बर्षभित्र आइटी क्षेत्रमा ए–आइको पोलिसीमा काम गर्ने बताए ।
काठमाडौं : सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आइटी क्षेत्रमा नेपाल साउथ एसियामा सबैभन्दा पछाडि परेको बताएका छन् ।
बिहीबार नेपाल चेम्बर एक्सपो २०२५ को उदघाटन कार्यक्रममा बोल्दै उनले आइटी क्षेत्रमा नेपाल पछाडि परेको र यस बर्षभित्र आइटी क्षेत्रमा ए–आइको पोलिसीमा काम गर्ने बताए ।
उनले भने,‘आइटी क्षेत्रमा नेपाल साउथ एसियाको सबैभन्दा पछाडि परेको छ । यस बर्षभित्र आइटी क्षेत्रमा कृत्रिम बौद्धिकता एवम आट्रिफिसियल इन्टेलिजेन्स(एआइ)को पोलिसीमा काम गर्छौ र यस सम्बन्धि ऐन पनि बनाउछौं ।’
मन्त्री गुरुङले आइटी क्षेत्रको बिकासको लागि नलेज पार्क, आइटी पार्क, ए आइ अनुसन्धान केन्द्रको निर्माण गर्ने पनि बताए ।
उनले भने,‘आइटी क्षेत्रको समस्या समाधान गर्नको लागि पोलिसी प्रोग्राम, ऐन सबै बनाएपछि समस्या समाधान गर्दै आइटी क्षेत्रको संरचनाहरु कसरी बिकास गर्ने भन्नेमा केन्द्रीत हुनेछौं । यसका लागि पूर्वधारको तयारी गरिरहेका छौ । नलेज पार्क, आइटी पार्कको निर्माण गर्ने साथै ए आइ अनुसन्धान केन्द्रको निमार्ण गर्नेछौ । यसलाई हामीले सबै प्रदेशहरुमा गर्ने छौ । यसको सुरुवात हामीले काठमाडौंबाट गर्छौ ।’
मन्त्री गुरुङले आइटी क्षेत्रको संरचनाको अभावका कारण व्यवसायीहरुले काम गर्न नपाएको पनि बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।