‘नेपालको सातौं आवधिक प्रतिवेदनमा सबै विषय समेटिएको छ’

२०८१ माघ १७ गते विहिवार
सारांश
  • विहीबार काठमाडौंमा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धिमा पेश भएको नेपालको सातौं आवधिक प्रतिवेदन र नागरिक समाज प्रतिनिधिमण्डलसँग भएको पत्रकार सम्मेलनमा उनले महासन्धिमा पेश हुने सातौं आवधिक प्रतिवेदनमा विविधता र समावेशीको हिसाबले पनि सबैलाई समेटिएको बताए ।

काठमाडौं :महिला कानून र विकास मञ्चको कार्यकारी निर्देशक सविन श्रेष्ठले नेपालको सातौं आवधिक प्रतिवेदनमा बालिकादेखि वृद्धसम्म सबै उमेर समूहको विषय समेटिएको बताएका छन् । 


विहीबार काठमाडौंमा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धिमा पेश भएको नेपालको सातौं आवधिक प्रतिवेदन र नागरिक समाज प्रतिनिधिमण्डलसँग भएको पत्रकार सम्मेलनमा उनले महासन्धिमा पेश हुने सातौं आवधिक प्रतिवेदनमा विविधता र समावेशीको हिसाबले पनि सबैलाई समेटिएको बताए । 


उनले भने, ‘बालिकादेखि वृद्धसम्म जीवनचक्रको हिसाबमा पनि सबै उमेर समूहको मानिसलाई समेटेका छौ भने विविधता र समावेशीको हिसाबले पनि यो रिपोर्टमा सबैलाई समेटिएको छ । धाराको हिसाबले पनि १ देखि १६ सम्म कै धाराहरु यसमा राखिएको छ ।’
यसको साथै, उनले प्रतिवेदनमा महिला विरुद्धको भेदभावलाई दण्डनीय बनाउनुपर्ने कुरा विशेष रुपमा राखेको बताए । 


उनले भने, ‘यसको धारा एकमा नेपालमा अहिलेसम्म पनि महिला विरुद्धको भेदभाव सम्बन्धी कानून बनेन र परिभाषा भएको छैन् । त्यसलाई ल्याउनुपर्यो भन्ने छ । अर्को भेदभाव गर्न हुन्न भनेको छ । तर भेदभावलाई दण्डनीय बनाएको छैन् र क्षतीपूर्तीको व्यवस्था छैन् । त्यसकारण भेदभावलाई दण्डनीय हुनुपर्छ भनेर राखेका छौ ।’ 
उनले नेपालले सातौं रिपोर्ट अघिल्लो वर्ष बुझाए पनि अर्को हप्ता फेब्रुअरी ३, ४ र ५ मा सुनुवाई हुने पालो आएको पनि जानकारी दिएका छन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार