भिजिबिलिटी कम हुँदा उडान प्रभावित, यात्रुलाई घण्टौं कुर्नु पर्ने बाध्यता
२०८१ माघ १६ गते बुधवार
- त्यसमा पनि हुस्सुले झन बाटो नदेखिने समस्या उत्पन्न हुँदा सवारीसाधन आवत जावत गर्न कठिनाइ भएको हो । बाक्लो हुस्सुले गर्दा १०÷१५ मिटर भन्दा टाढा केही देखिदैन । सडक, बजार सुनसान बनेको छ ।
काठमाडौं : एक हप्तादेखि तराई मधेश क्षेत्रमा बढेको चिसोले गर्दा दैनिक कामकाज गर्न असहज भएको छ ।
त्यसमा पनि हुस्सुले झन बाटो नदेखिने समस्या उत्पन्न हुँदा सवारीसाधन आवत जावत गर्न कठिनाइ भएको हो । बाक्लो हुस्सुले गर्दा १०÷१५ मिटर भन्दा टाढा केही देखिदैन । सडक, बजार सुनसान बनेको छ ।
हुस्सुले सबैभन्दा बढि समस्या बिमानस्थलमा यात्रुहरुले खेप्नु परेको छ । जनकपुरधाम बिमानस्थमा भिजिबिलिटी कम हुनाले न त बिमान अवतरण नै गर्न सकेको छ न त उड्न नै । दैनिक ८ वटासम्म हुने उडान, एक हप्ता देखिको बाक्लो हुस्सुले ४ वटामा झरेको छ ।
त्यसमा पनि कति बजे उडान हुन्छ भन्ने निश्चित नै हुँदैन । विमान उड्ने आशामा बिहान देखि नै यात्रुहरु घण्टौ कुर्न बाध्य भएका छन् । चार देखि ६ घण्टासम्म कुर्नु परेको महोत्तरीको बर्दिबासबाट काठमान्डौ जान बिमानस्थमा पर्खिरहेका हरि प्रसारद बक्तेल बताए ।
विमान उड्न १ हजार मिटिर भिजिबिलिटी र अवतरणका लागि १ हजार ७ सय मिटर भिजिबिलिटी आवश्यक हुन्छ । तर एक हप्तादेखिको बाक्लो हुस्सुले बिहानको समयमा भिजिबिलिटी ५ सय मिटर पनि नहुने गरेको बताउँछन् जनकपुर बिमानस्थलका सूचना अधिकारी गणेश कुमार यादवले जानकारी दिएका छन् । दिउँसो २ बजे पछि मात्र भिजिबिलिटी सुधार हुने गरेकोले त्यसवखत उडान हुने गरेको उनले जानकारी दिए । अहिले दैनिक ४० प्रतिसत उडान कम भएको उनले बताए ।
अबको दुई÷तीन दिन पछि मौसम सुधार हुने सूचना अधिकारी यादवले जनाए । हुनु त कम भिजिबिलिटीमा पनि बिमान उड्न र अवतरण गर्न सक्छ तर त्यसका लागि आधुनिक उपकरण जडान गर्नुपर्ने हुन्छ ।
यस किसिमको आधुनिक प्रविधि जडान गर्न खर्च बढि लाग्ने र त्यसको वसुलउपर गर्न टिकट दरसमेत बढ्न जान्छ । हाल यस किसिमको प्रविधि भैरहवा विमानस्थलमामा रहेको देखिन्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’