कार्यव्यवस्था परामर्श समितिको क्यालेण्डर तय

२०८१ माघ १५ गते मंगलवार
सारांश
  • उनले भने, ‘कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रस्तावित मिति हेरफेर भएका छन् । कार्यसूची त त्यही नै हुन्छन् । १८ गते बैठक प्रारम्भ हुन्छ, अध्यादेश त्यसै दिन प्रस्तुत हुन्छ ।

काठमाडौं :प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले माघ महिनामा बस्ने बैठकको क्यालेण्डर तय गरेको छ । मंगलबार सभामुख देवराज घिमिरेले राखेको बैठकमा सोमबार पेस भएका कार्यसूची केही हेरफेर भएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।


उनले भने, ‘कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रस्तावित मिति हेरफेर भएका छन् । कार्यसूची त त्यही नै हुन्छन् । १८ गते बैठक प्रारम्भ हुन्छ, अध्यादेश त्यसै दिन प्रस्तुत हुन्छ ।

 

 हिजो हामीले २२, २३ संसद चलाउने भनेका थियौं तर आज मिति हेरफेर भएर बैठक २४, २५ बस्ने निर्णय गरिएको छ । २४ गते अध्यादेश संसदमा पेश हुनेछ । निर्णयार्थ पनि २४ गते नै ल्याउँछौं । त्यसको केही हप्तामै प्रतिस्थापन विधेयक सरकारको तर्फबाट पेस हुनेछ । यसरी हामीले कार्यसूचि निर्धारण गरेका छौं ।’


साथै उनले संसद र समितिको प्रभावकारिता बढाउनको लागि सत्तापक्ष र प्रतिपक्ष दुवै जिम्मेवार हुने बताए । उनले  संसदमा कोरम पुर्याउने कुरामा सत्तापक्ष सचेत रहेको समेत बताए ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार