मधेशमा बाक्लो हुस्सु र शीतलहर, ज्यालादारी मजदुर प्रभावित

२०८१ माघ १५ गते मंगलवार
सारांश
  • बाक्लो हुस्सुसँगको शीत लहरका कारण प्रायः मानिसहरु दिनभरजसो आगो तापेर बस्ने गर्छन ।

रौतहट: रौतहटसहित मधेश प्रदेशका जिल्लाहरुमा बाक्लो हुस्सु र शीतलहरसँगै कठ्याङ्ग्रिने जाडो बढेको छ । चिसो हावासँगै शीत पनि झरिरहेकाले जनजीवन कष्टकर भएको हो ।


बाक्लो हुस्सुसँगको शीत लहरका कारण प्रायः मानिसहरु दिनभरजसो आगो तापेर बस्ने गर्छन । चिसोले यहाँका ज्यालादारी गर्ने मजदुर सबैभन्दा बढी प्रभावित भएका छन् । बाक्लो हुस्सु र शीत लहरले बिहान र बेलुका काम नै गर्न नसकेको रिक्सा चालक हरिचन्द्र साहले बताए । 


दैनिक ज्यालादारी नै प्रभावित हुनुका साथै घर खर्च पुर्याउन मुस्किल परेको उनको गुनासो छ । यसबेला खासै यात्रु नपाउने गरेको उनले बताए । अहिले मुस्किलले दैनिक रु पाँच सयको हाराहारीमा कमाइ हुने गरेको उनको दुखेसो छ । 


कुहिरो र चिसो हावाका कारण दैनिक कामकाजमा प्रभावित हुनुका साथै स्वास्थ्यसम्बन्धी समस्या पनि देखापरेको छ । यहाँका बालबालिका र वृद्धवृद्धा  सबैभन्दा बढी प्रभावित भएका छन् । चिसोका कारण श्वासप्रश्वास, निमोनिया र ज्वरोको समस्या बढ्न थालेको प्रादेशिक अस्पताल गौरले जनाएको छ । 


कृषि ज्ञान केन्द्र गौरका अनुसार शीतलहरका कारण आलु, गोलभेँडालगायतका तरकारी बालीमा डढुवा रोगको समस्या देखिएको छ ।


शीत लहरका कारण आलु बालीको डाँठ र पातमा डढुवाको प्रकोप देखिएकाले बालीलाई जोगाउन हप्तामा एकपटक कीटाणुनाशक विषादी पाउडर पानीमा मिसाएर छर्किन सुझाव दिएको छ । 


यता जिल्ला ट्राफिक कार्यालय रौतहटले बाक्लो हुस्सुमा सवारीसाधन चलाउँदा विशेष ध्यान दिन आग्रह गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार