५० लाखभन्दा बढिको सामान बरामद

२०८१ माघ १४ गते सोमवार
सारांश
  • सीमा सुरक्षा गुल्म वीरगंज र भन्सार कार्यालयको संयुक्त टोलीले बरामद गरेको हो ।

पर्सा: पर्सा सशस्त्र प्रहरी भण्डार गरि राखेको अवस्थामा वीरगञ्जबाट ५० लाखभन्दा बढिको सामान बरामद गरेको छ । 


सीमा सुरक्षा गुल्म वीरगंज र भन्सार कार्यालयको संयुक्त टोलीले बरामद गरेको हो ।वीरगञ्ज महानगरपालिका वडा नम्बर १०, आदर्शनगर क्षेत्रमा लुकाइछिपाई गोदाममा राखिएका कपडा र हार्डवेयरका सामानहरू बरामद गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामीले जानकारी दिए ।  


उनका अनुसार  सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा भारतबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी राखिएको ५० लाख ९३ हजार ७ सय रुपैयाँ बराबरको सामान बरामद गरेको हो।बरामद गरेको सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंज पर्सामा बुझाईएको प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार