गढीमाई मन्दिरमा अमर्यादित क्रियाकलाप गर्ने तीन जना पक्राउ
२०८१ माघ १२ गते शनिबार
- महागढीमाई नगरपालिका वडा नं. ०१ स्थितमा रहेको विश्व प्रसिद गढीमाई मन्दिरमा आएका दर्शनार्थीलाई अमर्यादित क्रियाकलाप गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
बारा : बारा प्रहरीले धार्मिक स्थलमा उच्छृखलता प्रदर्शन गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।
महागढीमाई नगरपालिका वडा नं. ०१ स्थितमा रहेको विश्व प्रसिद गढीमाई मन्दिरमा आएका दर्शनार्थीलाई अमर्यादित क्रियाकलाप गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै सो घटनामा संलग्नलाई पक्राउ गरिएको पुष्टि गरेको छ ।
पक्राउ पर्नेमा रौतहटको बृन्दावन नगरपालिका वडा नं. २ बस्ने २३ वर्षीय एजाज अंसारी, महागढीमाई नगरपालिका वडा नं. १ बस्ने १९ वर्षीय अरमान अंसारी र ३६ वर्षीय विधा सागर पटेल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश सापकोटाका अनुसार सिसिटिभी फुटेजको आधारमा पहिचान गरी तीनै जनालाई पक्राउ गरिएको हो ।
विश्व प्रसिद गढीमाई मन्दिरमा पञ्च वर्षीय मेला चलिरहेको अवस्थामा मन्दिरका दर्शनार्थीले चढाउन ल्याएका परेवा लुट्ने, मन्दिरको घण्टी, पंखा, त्रिशुल, सि.सि. क्यामरा, दान पेटिका र गढीमाई मन्दिरको विवाह मण्डप समेत तोडफोड गरी क्षति पुर्याउने कार्यमा संलग्न रहेको उनले जानकारी दिए ।
प्रहरीलाई समेत डयूटीमा बाधा पारी उच्छृङ्खल क्रियाकलाप गरेको सूचनाका आधारमा सो घटनामा संलग्न भएका व्यक्तिहरुलाई पहिचान गरि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
पक्राउ परेका तीनैजनालाई प्रहरी हिरासतमा राखी घटनाको थप अनुसन्धान भइरहेको बारा प्रहरीले जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’