- गरुडा नगरका व्यापारीहरूको व्यापार बढाउने एवं जीविकोपार्जन सुधार गर्ने उद्देश्यले बृहत व्यापार महोत्सवको आयोजना गरिएको आयोजक गरुडा नगर उद्योग वाणिज्य संघका अध्यक्ष सतिश साहले बताए ।
रौतहट: कृषि उत्पादनको बजारीकरण तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रौतहटको गरुडामा प्रथम गरुडा व्यापार महोत्सवको आयोजना गरिएको छ ।
महोत्सवमा यहाँका कृषकले उत्पादन गरेको कृषिजन्य सामाग्री र पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेगरि स्टल राखीएको छ । गरुडा नगरपालिका ४ स्थित रहेको श्रीराम सुगर चिनी मिलको प्राङ्गणमा शुक्रबार देखि महोत्सव सुरु भएको हो । गरुडा नगर उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सव १५ दिनसम्म चल्ने छ ।
गरुडा नगरका व्यापारीहरूको व्यापार बढाउने एवं जीविकोपार्जन सुधार गर्ने उद्देश्यले बृहत व्यापार महोत्सवको आयोजना गरिएको आयोजक गरुडा नगर उद्योग वाणिज्य संघका अध्यक्ष सतिश साहले बताए ।
उनका अनुसार महोत्सवमा हाल ५० भन्दा बढी स्टल राखिएको छ । त्यो संख्या बढेर सय सम्म पुग्ने उनले जानकारी दिए । महोत्सवमा करिब ५ देखि ८ करोडको कारोबार हुने र तिन लाख भन्दा बढीले अवलोकन गर्ने अपेक्षा राखिएको संघका अध्यक्ष साह बताए ।
महोत्सवमा रौतहट सहित सर्लाही, बारा र आसपासका जिल्लाका बासिन्दा आउने आयोजकले जानकारी दिएको छ । मानवीय जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य तथा खाद्यान्नका सामग्री, विभिन्न प्रकारका लत्ताकपडा, जुत्ता, मेसिनरी औजार, मेसिनरी सामानका पार्टपुर्जा, विभिन्न ब्राण्डका मोबाइल, इलेकट्रोनिक्स सामानको स्टल महोत्सवमा छ ।
महोत्सवमा बालबालिकाको खेल सामग्रीका साथै दैनिक दर्जनौँ राष्ट्रिय तथा स्थानीय कलाकारको साङ्गीतिक र हास्यव्यङय सहितका मनोरञ्जनात्मक प्रस्तुति रहनेगरुडा नगर उद्योग वाणिज्य संघले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।