- वडाबाट नागरिकलाई प्रदान गरिने सेवाप्रवाहलाई थप सहज बनाउन कार्यालयले यस्तो निर्णय गरेको वडाध्यक्ष श्रेष्ठको भनाइ छ ।
गोरखा, १२ माघ : गोरखाको सहिद लखन गाउँपालिकामा घरघरमा पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान गर्न सुरू गरिएको छ । गाउँपालिकाको वडा नम्बर ७ ले वडाभित्र मृत्यु भएका व्यक्तिको मृत्यु दर्ता प्रमाणपत्र शुक्रबारदेखि घरमै पुगेर उपलब्ध गराउन सुरू गरेको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।
“वडा कार्यालयले निर्णय नै गरेर शोकमा परेका मृतकका घरपरिवारलाई समवेदना र भेटघाटका लागि पुग्दासँगै घरमै मृत्यु दर्ता प्रमाणपत्र उपलब्ध गराउन सुरू थालेको हो,” उनले भने, “अबदेखि मृत्यु दर्ताका लागि कोही वडा कार्यालयसम्म धाउनुपर्दैन ।”
वडाबाट नागरिकलाई प्रदान गरिने सेवाप्रवाहलाई थप सहज बनाउन कार्यालयले यस्तो निर्णय गरेको वडाध्यक्ष श्रेष्ठको भनाइ छ । “वडाले पहिलो पटक कार्यालयले बुङ्कोटस्थित गरन्जा गाउँका मृतक लिलाबहादुर थापाको परिवारलाई हिजो घरमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान गरेको हो,” उनले भने, “अबदेखि नियमित रूपमा मृत्यु दर्ता घरघरमा उपलब्ध गराउनेछौँ ।”
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
संसद बैठक छिटो बोलाउन काँग्रेसको माग, सभामुखसँग छलफल गर्ने
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।