सरकार कुनै औषत काम गरेर दिन बिताउने पक्षमा छैन् : अर्थमन्त्री

२०८१ माघ १० विहिबार
सारांश
  • राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री पौडेलले सरकारले कुनै औषत काम गरेर दिन बिताउने पक्षमा नभएको भन्दै अर्थतन्त्र क्षेत्रका समस्याहरुलाई प्रभावकारी ढङगबाट समाधान गर्ने बताए ।

काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलले सरकार कुनै औषत काम गरेर दिन बिताउने पक्षमा नभएको बताएका छन् ।  


राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री पौडेलले सरकारले कुनै औषत काम गरेर दिन बिताउने पक्षमा नभएको भन्दै अर्थतन्त्र क्षेत्रका समस्याहरुलाई प्रभावकारी ढङगबाट समाधान गर्ने बताए ।


उनले भने, ‘राष्ट्रिय वाणिज्य बैंक परिवारलाई मेरो के आग्रह छ भने यो तरलतालाई उत्पादन, उत्पादकत्व बृद्धि  र रोजगारी सिर्जनाका निम्ति कसरी सर्भे गर्ने भनेर सोच्नुहोस् ।

 

 सरकारले कुनै औषत काम गरेर सरकारको सुचि बढाउने काम गर्दैन् । दिन बिताउने पक्षमा छैनौं । समस्याको निकै लामो चाङ छ । यि समस्याहरुलाइ एक एक गरेर पन्छाउँदै जान चाहन्छौं । छोटो अवधिमा दुरगामी महत्वका उपलब्धिहरु आर्जन गर्न चाहन्छौ । बिषेशगरी अर्थतन्त्रको क्षेत्रका समस्याहरुलाई प्रभावकारी ढङगबाट समाधान गर्न चाहन्छौ । सरकार बनेको दिन गनेर नभइ परिणाममुखी काम गरेर अगाडी बढ्न चाहन्छौं ।’


उनले अध्यादेशको माध्यमबाट निराशालाई आशामा बदल्नका लागि र देश भित्र भविश्य खोज्नेहरुको लागि काम गरेको बताए ।  


उनले भने, ‘२९वटा ऐनहरुमा अध्यादेशको माध्यमबाट संशोधन गरेका छौ । ति अध्यादेशहरु सदन सुरु भएको पहिलो दिन नै प्रस्तुत हुँदैछ । ति अध्यादेशहरु संसदबाट अनुमोदित हुनेछ । निराशालाई आशामा बदल्नका लागि, देशभित्र भविश्य खोज्ने, समाजको भविश्य खोज्नेहरुका लागि सरकारले ऐनहरुमा संशोधन गर्ने अध्यादेशहरुमा निर्णय गरेको हो । ’

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार