- दिगम्बरपुरस्थित विद्यालय नजिक रहेको पोखरीमा स्थानीयहरुले शव तैरिरहेको अवस्थामा देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।
धनुषा : धनुषाको छिरेश्वरनाथ नगरपालिका–८ मा रहेको पोखरीमा बुधबार एक पुरुषको शव फेला परेको छ ।
दिगम्बरपुरस्थित विद्यालय नजिक रहेको पोखरीमा स्थानीयहरुले शव तैरिरहेको अवस्थामा देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।
खबर प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोली घटनास्थलमा पुगेर अनुसन्धान कार्य अघि बढाएको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार शवको पहिचान तथा घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । शवलाई निकालेर पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’