‘हरेक समितिहरु विधेयकमा गम्भिर र सरकारप्रति जवाफदेही बन्नुपर्छ’
२०८१ माघ ९ गते बुधवार
- बुधबार बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले कुनै पनि समितिले विधेयक र विधेयकका सम्बन्धमा गम्भिर भएर लाग्नुपर्ने बताएका हुन् ।
काठमाडौं : पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले समिति विधेयकमा सबै भन्दा गम्भिर भएर लाग्नुपर्ने बताएका छन् ।
बुधबार बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले कुनै पनि समितिले विधेयक र विधेयकका सम्बन्धमा गम्भिर भएर लाग्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘पूर्वाधार विकास समितिको भूमिका विधेयमा अत्यन्त महत्वपूर्ण छ । त्यसैले यो समितिले अझैं धेरै सक्रिय हुनुपर्छ । पुरै सक्रिय रहेर विधेयकहरुमा गम्भिर भएर लाग्नुपर्छ । नियमित रुपमा बैठकहरु बसाल्ने कोशिस गर्नुपर्छ । शंसोधन गर्ने कुरा शंसोधन गरौं । यो समितिको दायरा जुन छ , क्षेत्राधिकार जुन छ, अझैं त्यसमा नीतिगत र शैद्धान्तिक रुपमा गम्भिर तरिकाले लाग्नुपर्ने छ । साथै विधेयक र विधेयकका सम्बन्धमा गम्भिर भएर लाग्नुपर्छ ।’
यसैगरी उनले विकास निर्माणमा कामहरुमा पनि यो समितिले ध्यान दिनुपर्ने बताए । उनले कुनै पनि कामको अनुगमन गर्न जरुरी रहेको बताए ।
यसैगरी पूर्व ऊर्जामन्त्री शक्ति बस्नेतले समिति सरकारप्रति उत्तरदायी बन्नुपर्ने बताएका छन् । उनले आफ्नो कुनै पनि समितिले आफ्नो जिम्मेवारीबाट भाग्न नहुने बताए ।
उनले भने, ‘समिति सरकारप्रति उत्तरदायी हुन जरुरी छ । हामी भाग्ने कोशिस नगरौं त्यसले राम्रो सन्देश दिँदैन । समितिले सहि बाटोमा हिड्न आवश्यक छ । जिम्मेवारी बाट हामी कोही नभागौं । सरकारप्रति जवाफदेही बन्ने समिति बन्न्नुपर्छ ।’
००००००००००
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’