पशुपति धर्मशालाको विषय अदालमा मुद्दाको रुपमा छ: मन्त्री पाण्डे
२०८१ माघ ८ गते मंगलवार
- संस्कृति, पर्यटन र नागरिकको तीनवटा स्तम्भ अगाडि बढाएर लानुपर्ने बताए ।
काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पशुपति धर्मशालाको विषयमा अध्यन समिति बनाइएको बताएका छन् ।
मंगलबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले पशुपति धर्मशालाको विषयमा एकातिर अध्यन समिति बनाइएको त एकातिर अदालमा मुद्दाको रुपमा रहेको बताएका हुन् ।
उनले भने, ‘पशुपतिको धर्मशाला सम्बन्धि विषयमा पनि अध्यन समिति एकातिर बनाएका छौँ भने अर्कोतिर यो विषय अदालतमा पनि मुद्दाको रुपमा छ । अदालको मुद्दालाई कुनै असर नहुने गरी हामीले खालि विवरणातमक कुरा लिएर आउनुस् , यो व्यापार हो की मारवाडी सेवा समितिले गरिरहेको ? यो सेवा हो की ? व्यापार भए कति नाफा गर्नु हुन्छ र कति कोषलाई दिनु हुन्छ , सेवा हो भने कति सेवा गर्नु हुन्छ कहाँ कहाँ गर्नुहुन्छ यो विवरणात्मक रिर्पोट ल्याउनका लागि अदालतमा भएको मुद्दालाई कुनै असर हुन सक्दैन । र हुन दिने छैन भनेर हामीले यस्तो गरेका हौँ, यसमा पनि हाम्रो मन्त्रालयको महाशाखाको सहसचिवको नेतृत्वमा त्यो अध्यन समिति बनेको छ, त्यसले अध्यन गर्दैछ ।’
साथै उनले संस्कृति, पर्यटन र नागरिकको तीनवटा स्तम्भ अगाडि बढाएर लानुपर्ने बताए । उनले पर्यटनलाई अगाडि बढाउनका लागि मन्त्रालयको स्रोत बढाउनुपर्ने अवस्था रहेको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।