पर्साका २० सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाहरु आन्दोलित
२०८१ माघ ७ गते सोमवार
- द्यालयमा ताला लगाएर चाबी प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई बुझइएको छ ।
पर्सा: पर्साको बहुदरमाई नगरपालिका भित्र रहेका २० सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाहरु आन्दोलित भएका छन् ।
नेपाल शिक्षक महासंघ पर्साको अगुवाईमा आइतबारदेखि विद्यालयमा ताल्चा लगाएर शिक्षक–शिक्षिकाहरुले पठनपाठन बन्द गरेका हुन् ।
जसका कारण सोमबार पनि विद्यालय बन्द रहेका छन् । उनिहरुले बिगत ६ महिनादेखि तलबभत्ता पाउनुपर्ने मुख्य माग राखेका छन् ।
गत साउनदेखि पुससम्म ६ महिनाको र दशैं खर्च बापतको १ महिना गरेर ७ महिनाको तलबभत्ता नपाउँदा आफूहरुको घर खर्च टार्नपनि समस्या परेको भन्दै बाध्य भएर विद्यालय बन्द गरेको शिक्षक महासंघ पर्साका अध्यक्ष तिथ राज यादवले बताए ।
उनका अनुसार विद्यालयमा ताला लगाएर चाबी प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई बुझइएको छ ।
बहुदरमाई नगरपालिकाका मेयर सिंगासन सा तेली र प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफाबीचको विवादका कारण नगरपालिकाका कर्मचारी,स्वास्थ्यकर्मी र शिक्षक–शिक्षिकाहरुले तलबभत्ता नपाएको बुझिएको छ ।
प्रमुख जिल्ला अधिकारी अर्यालले बहुदरमाई नगरपालिकाका शिक्षक र कर्मचारीहरुको समस्याबारे आफूले गम्भीर रुपमा लिएको बताए । यस विषय छलफलबाट नै टुंगोमा पुग्ने उनले जानकारी दिए । बहुदरमाई नगरपालिकामा २० वटा स्कूलमा करिब १० हजार विद्यार्थीहरु अध्यन गर्छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’