अधिवक्ता त्रिपाठीमाथि आक्रमणविरुद्ध सर्वोच्च बारको प्रदर्शन
२०८१ माघ ६ गते आईतबार
- सर्वोच्च अदालत बार एशोसिएशनको आव्हानमा बारका सदस्यले हातमा कालोपट्टी बाँधेर विरोध जनाएका हुन् ।
काठमाडौं : वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको विरोधमा कानून व्यवसायीहरूले आइतबार कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् ।
सर्वोच्च अदालत बार एशोसिएशनको आव्हानमा बारका सदस्यले हातमा कालोपट्टी बाँधेर विरोध जनाएका हुन् ।
उक्त प्रदर्शनमा पीडित अधिवक्ता त्रिपाठीले एउटा हुलले आएर आफूलाई दुव्र्यवहार गरेको बताए । उनले व्यक्तिगत मामिलामा नभइ पीडितको प्रतिनिधित्व गर्दा आफूमाथि आक्रमणक भएको बताए ।
उनले भने, ‘न्यायको प्रत्याभूति गर्न सक्नुपर्छ । आक्रमणकलाई गम्भिरतापूर्वक छानविन गरिनुपर्छ । वकिलहरुको प्रतिनिधित्वबिना न्याय प्रणाली कसरी फैसला गर्छ ? यो महत्वपूर्ण कुरा हो । मलाई व्यक्तिगत मामिलामा नभइ पीडितको प्रतिनिधित्व गर्दा म माथि आक्रमणक भएको छ । यसको सत्यतथ्य छानविन गरिनुपर्छ । मलाई दुव्र्यवहार गरिएको छ ।’
प्रदर्शनमा उनीहरूले त्रिपाठीमाथिको आक्रमणको विरोध र कानून व्यवसायीको सुरक्षाको सुनिश्चितता हुनुपर्ने माग राखेका छन् । आन्दोलनमा वरिष्ठ अधिवक्ताहरू रमश श्रेष्ठ, शम्भु थापालगायतका बारका पदाधिकारी र सदस्य पुगेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।