विकासको गतिरोध चिर्न अध्यादेश ल्याएको हो: मन्त्री पाण्डे
२०८१ माघ ५ गते शनिवार
- बुढी गण्डकी जलविद्युत् आयोजनाको डुबानमा पर्ने नरसिंह धामको संरक्षणको बारे आयोजित कार्यक्रम बोल्दै उक्त कुरा बताए ।
धादिङ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विकास निर्माणमा भएको गतिरोध चिर्न अध्यादेश ल्याएको बताएका छन् ।
छोटो छोटो समयमा हुने सरकार परिवर्तनले नेपालको विकासलाई खण्डित गरेका कारण दुई ठूला दल मिलेर सरकार निर्माण गरेको बताउदै गर्दै विकासको गतिरोध चिर्न अध्यादेश ल्याएको दाबी गरे ।
बुढी गण्डकी जलविद्युत् आयोजनाको डुबानमा पर्ने नरसिंह धामको संरक्षणको बारे आयोजित कार्यक्रम बोल्दै उक्त कुरा बताए ।
बुढी गण्डकी सरकारले उच्च महत्व दिएका जल विद्युत आयोजना मध्य एक भएकाले आयोजना सफल हुने उनको भनाइ थियो । नरसिंह धामको संरक्षणको लागि एक अर्व ५० करोडको लागतमा धाम क्षेत्रलाई सिसा भित्र राख्ने योजना आगाडी सारिएको थियो ।
मन्त्री पाण्डेले यो योजना नेपालको लागि नयाँ भएकोले बिस्तृत अध्ययनपछी मात्र यो विषय टुंगो लगाउने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’