- उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् ।
काठमाडौँ, ४ माघ : उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् ।
लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज अपराह्न भएको भेटमा द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, आर्थिक सहयोग, नेपालको विकासका प्राथमिकता, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा द्विदेशीय सहयोग र सहकार्यलगायत आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको उपराष्ट्रपतिका प्रेस संयोजक दिनेश यादवले बताए ।
त्यस अवसरमा राजदूत श्रीवास्तवले भारतको ‘छिमेक पहिले’ नीतिलाई निरन्तर अघि बढाएको उल्लेख गर्दै केन्द्र सरकारले गहु्ँ निर्यातमा प्रतिबन्ध लगाएको भए पनि नेपालाई दुई लाख टन गहुँ निर्यातको अनुमति दिइएको जानकारी गराएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’