आज देशभर भूकम्प सुरक्षा दिवस मनाइदैँ

२०८१ माघ २ गते बुधवार
सारांश
  • वि.सं. ९९९० मा आजकै दिन अर्थात् माघ २ गते नेपालमा एउटा ठुलो विनाश भएको थियो ।

काठमाडौं :  वि.सं. १९९० सालको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाइँदै आइरहेको छ । 


आज ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ विविध कार्यक्रमहरु सञ्चालन गरी २७औँ भूकम्प सुरक्षा दिवस मनाइदैँ छ । 
भूकम्प सुरक्षा दिवसलाई प्रभावकारी बनाउनको लागि भूकम्प सुरक्षा दिवस मार्गदर्शन २०७१ तर्जुमा समेत गरिएको छ ।


वि.सं. ९९९० मा आजकै दिन अर्थात् माघ २ गते नेपालमा एउटा ठुलो विनाश भएको थियो । ९० सालको भूकम्पका कथाहरू धेरैले सुनेका छौ होला । 


भूकम्पको आवधिक समय हेर्ने हो भने हरेक ६० या ७० वर्षमा यो नेपाल अनि आसपासका क्षेत्रमा विध्वंसात्मक रूपमा आईनैरहेको छ यही क्रममा विसं २०७२ सालमा नेपालीले पुनः एक पटक महाविनासकारी भूकम्पको सामना गर्नुप¥यो । वर्ष ८० मा पनि साना ठुला भूकम्प अनि पराकम्पका साथै जनधनको क्षति पनि भएको छ । यसै वर्ष पनि जाजरकोटमा भूकम्प गएको थियो ।


यस्तो घटना फेरि फेरि पनि हुन सक्ने हुदाँ भूकम्प प्रतिरोधात्मक घरहरु निर्माण गर्ने र यस्तो अवस्थामा कसरी बच्ने भन्ने बारेमा जनतालाई सचेत गराउन अति आवश्यक छ । सरकारले यसबारे पहलकदमी गरेपनि अझै पूर्णता भने दिन सकेको छैन् । 
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार